सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

काठमाडौँ। सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन्। सन् २०१९ को जुलाई महिनामा ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन्। समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
कुन महिनामा कति पर्यटक भित्रिए
बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार छ, अप्रिलमा ६१ हजार पाँच सय ८९, मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
बोर्डले छिमेकी मुलुक भारत, बङ्गलादेशसहित एसिया, मध्यपूर्वी एसियाका स्रोतबजारमा प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको जनाएको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले जुलाई महिना पर्यटनका लागि अफसिजन रहे पनि पर्यटक आगमन सकारात्मकरूपमा बढिरहेको भन्दै यसले नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको सङ्केत गरेको बताएश्र
उनले पर्यटक बढोत्तरीमा भारत, बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे। निर्देशक लामिछानेले पछिल्लो समय भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का तथा एसिया र युरोपियनलगायत मुलुकबाट पर्यटक आगमन बढेको जानकारी दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड
- 3 hours ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
- 3 hours ago
एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
- 4 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।