विदेशी पर्यटक आवागमनको संख्या घट्दै
- सोमबार, २० आषाढ, २०७९
- 1 month ago
- पर्यटन
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो।
अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए। यो महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या छ। मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए। अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन्।
त्यस्तै, सन् २०२२ को जनवरीदेखि निरन्तर रुपमा बढेको पर्यटकहरुको संख्या मे महिना यता घटेको अध्यागमन विभागले जनाएको छ। मे महिनाको तुलनामा जुन महिनामा पनि पर्यटन आउने क्रम घटेको छ। गत जुन महिनामा ४८ हजार ९५७ जना पर्यटन नेपाल भित्रिएका छन्। यो संख्या गत मे महिनाको तुलनामा ६ हजार ६५१ कम हो।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले अहिले पर्यटक आवागमनको सिजन नभएकोले पनि पर्यटक आउने क्रम घट्दो रहेको बताए। उनले भने, ‘अफ सिजन रहेका कारण पनि अहिले पर्यटकहरुको आवागमनको संख्या घट्न थालेको हो। यसलाई सामान्य मान्नु पर्छ। पर्यटक आउने सिजन भएपछि फेरि यो संख्या बढ्न सक्छ।’
उनका अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए। दोस्रो महिना अर्थात फेब्रअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। जनवरीको तुलनामा फेब्रुरुअरीमा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए।
त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए। यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ। यस महिना भारतबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका छन।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक
- 48 minutes ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 2 hours ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 2 hours ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।