काठमाडाैँका आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु

फाइल फाेटाे

काठमाडौँ । काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ ।

 

कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो ।

 

काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा र पहिले नभएका दुवै खालका स्थान छनोट भएको छ । 

 

ठेकेदार कम्पनीले कालीमाटी चोकमा बत्ती जडान गरिसकेको र पद्मोदय घुम्ती र सिंहदरबारअघि जडान गर्ने काम अन्तिम चरणमा पुगेको विभागका सुरक्षा तथा ट्राफिक शाखा महाशाखाका प्रमुख दिप बाराहीले बताए । 

 

तीनकुने, पुरानो बानेश्वर र मित्रपार्कमा पोल निर्माणको काम भइरहेको उनले बताए । ‘यी सबै स्थानमा आगामी महिनासम्ममा काम सम्पन्न हुने हामीले आशा गरेका छौँ’, उनले भने ।

 

अहिले बत्ती जडान भएका स्थानमा पहिले एक साता बत्तीको परीक्षण हुने र ट्राफिक प्रहरीलाई तालीम दिइने प्रमुख बाराहीले बताए । उनका अनुसार ट्राफिक बत्ती विभिन्न समय र मौसममा कुनै खराबी नदेखिएमा एक महिनामा नै नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको छ । काठमाडौँमा वर्षेनी सवारीको चाप बढिरहे पनि ठाउँठाउँमा ट्राफिक बत्ती नहुँदा सवारी चाप र दुर्घटना हुने गरेको छ । 

 

काठमाडौँमा मात्रै झण्डै २०० स्थानमा स्थानीयवासीले ट्राफिक बत्तीको माग गरिरहेको बताउँदै प्रमुख बाराहीले भने, ‘विभागले गरेको अनुसन्धानमा पनि ६० स्थानभन्दा बढी स्थानमा ट्राफिक बत्ती आवश्यक देखिएको छ ।’ 

 

हाल ललितपुर र भक्तपुरमा तीन/तीन स्थानमा मात्रै ट्राफिक बत्ती रहेका छन् । ‘एक वर्षको बजेटले जति ठाउँमा बनाउन सकिन्छ, बाँकी स्थानमा अर्को वर्षको बजेटले बनाउने योजना छ’, बाराहीले भने ।

 

यसअघि काठमाडौँ जिल्लामा जम्मा २० स्थानमा ट्राफिक बत्ती भए पनि जम्मा पाँच वटा मात्रै सञ्चालनमा थियो । रु. एक करोड नौ लाखको लागतमा नेपाली प्राविधिकले नै बत्ती जडानको काम गरिरहेका छन् । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

  • 7 minutes ago
धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 38 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

  • 44 minutes ago
धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

धादिङवेशी । धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको स्करपियो पृथ्वीराजमार्गस्थित धादिङको सलाङघाटमा दुर्घटना भएको हो ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।