दुई रेल नेपाल आउँदै

  • शुक्रबार, २ असोज, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउने भएको छ । 

 

कोरोनाको महामारी र त्यससँगै सुरु भएको लकडाउनका कारण भारतमा अड्किएको दुईवटा रेल आज नेपाल आउने भएको हो ।

 

सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने छ ।

 

नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

 

नेपालले निकेका यी दुई रेल परिक्षणका लागि मात्रै नेपाल ल्याउन लागिएको हो । परिक्षणपछि रेल पुनः भारत नै फर्किनेछ ।

 

रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर आइपुगेका छन् । उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन् ।

 

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । 

 

दोस्रो चरणमा जनकपुर–कुर्थादेखि बिजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेलमार्ग निर्माण भइरहेको छ  ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

  • 5 minutes ago
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ ।

आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

  • 7 minutes ago
आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाहबारे पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

  • 12 minutes ago
भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३२७ पुगेको हो । कुल कोरोना संक्रमितमध्ये ३०१ जना निको भएर घर फर्किएका छन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।