पर्वातारोहण क्षेत्रमा कार्यरत श्रमिकलाई मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिम
- शुक्रबार, १३ चैत, २०७७
- 1 year ago
- पर्यटन

काठमाडौँ । पर्वातारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा पर्वातारोहण संघ सम्वद्ध ३९ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री के.सी.ले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैदेशिक रोजगार लगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुलाई नकारात्मक असर पारेको पाइएको बताए । सोही कुरालाई मनन गर्दै संघले मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिमको अवधारणा ल्याएको र हालसम्म विभिन्न चरणमा भर्चुअल माध्यमबाट तालिम सञ्चालन भइरहेको बताए ।
विशेष गरेर पर्वातारोहण संघसँगको सहकार्यमा साहसिक नेपाली पर्वातारोही श्रमिकहरु तथा पर्वातारोहण क्षेत्रका अन्य व्यक्तिहरुका लागि यो तालिमले व्यक्तिगत रुपमा मात्रै नभई उसको परिवार तथा समाजलाई समेत फाइदा पुगिरहेको डा केसीको भनाई थियो । संघले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकहरुलाई विभिन्न गन्तव्य देशहरुमा र नेपाल फर्केपछि पनि राहत तथा उद्दारका लागि सहयोग पुर्याएको जानकारी गराए ।
यस्तै संघका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिक रुपमा समेत असर परेको र पर्वतारोहण एवं टे«किङ व्यवसायमा समेत असर परेको बताए । तालिमले सो क्षेत्रमा संलग्न व्यक्तिहरुलाई सहयोग पुग्ने थापाले बताए । मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई छ ।
यस्तै, संघका स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाले संघले टेलिहेल्थको माध्यमबाट देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग पुर्याउनका लागि पहल गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल पर्वातारोहण संघका महासचिव कुलबहादुर गुरुङ्गले गैरआवासीय नेपाली संघ र नेपाल पर्वातारोहण संघको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताए ।
प्रसिद्ध साहसी पर्वातारोही माया गुरुङ्ग तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीहरुले तालिम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि संघबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए । तालिम कार्यक्रममा डा.विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा खेलकुद विभागका सचिव धर्मराज गिरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई कार्यक्रम व्यवस्थापक राजेन्द्र कुमार राउतले संयोजन एवं सहजीकरण गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 7 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 12 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 20 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।