‘कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुपर्छ’

तस्बिर : रासस

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको आज शिलान्यास गर्नु हुँदै उनले सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको बताए । 

 

त्यस्तै उनले सुदूरपश्चिम भरीमा निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको जानकारी गराए । मुख्यमन्त्री भट्टले छाउपडी प्रथाको अन्त्य गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नुपर्नेमा जोड दिए । उनले भने, “छाउ बार्ने र बार्न लगाउनेलाई सामुहिक वहिस्कार गर्नुपर्छ, कु–सस्कार मान्नेलाई सामुहिक वहिस्कार गरौँ ।” 

 

उहाँले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोधन हुने गरि काम गरिरहेको दाबीसमेत गरे । सङ्घीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए । दुई तले छ कोठाको निर्माण हुनलागेको उक्त निजामती स्कुलको लागत रकम रु दुई करोड ३९ लाख ३३९.९० रहेको र निर्माणको समयावधी आगामी २०७८ साल पुस मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणको जिम्मा पाएका केठेदार नरेश शाहले बताए । 

 

उक्त स्कुलका लागि १०० रोपनी जमिन खरिद गरिएको र रु ७५ देखि ८० करोडको लगानीमा क्रमिकरुपमा आगामी वर्षमा पनि नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान र स्वीमङ पुललगायका संरचना निर्माण गरिने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

  • 2 minutes ago
राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनः निर्माण गरिएको रानीपोखरीको आज उद्घाटन भएको छ । विस २०७२ सालमा गएको भुकम्पपछि पुनःनिमार्ण गरिएको रानीपोखरीको राष्ट्रपति भण्डारीले उद्धाटन गरेकी हुन्

ऐतिहासिक रानीपोखरीको राष्ट्रपतिद्धारा उद्घाटन (फोटोफिचर)

  • 5 minutes ago
ऐतिहासिक रानीपोखरीको  राष्ट्रपतिद्धारा  उद्घाटन (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरेकी छिन । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्र

वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता

  • 8 minutes ago
वृद्धवृद्धाको पिडा पाएनन् दशैंभत्ता

खाँदबारी । खाँदबारीका वृद्धवृद्धाको यस सालको दशैँ खल्लो हुने भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।