नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

धनगढी ।  आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । 

 

मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने-गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । 

 

कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली समाजको रुपान्तरणका लागि यो कानून ऐतिहासिक घटना भएको उल्लेख गर्दै भनसुन र आफ्नो इच्छानुसार कानूनको कार्यान्वयन गर्ने गराउने विगतको प्रवृत्तिको यो कानूनले अन्त्य गराउने विश्वास व्यक्त गरे । “सकारात्मक सोच राखेर कानून पालना गर्ने भूमिका निर्वाह गर्नु सबै नागरिकको कर्तव्य हो”, मुख्यमन्त्री भट्टले भने । 

 

प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले नयाँ कानूनको कार्यान्वयनका लागि यसमा भएका कानूनी व्यवस्थाको प्रचारप्रसार र सचेतना गराउनु आवश्यक रहेको बताए । 

 

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिं बोहरा, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, प्रदेशसभाका सदस्यलगायतले पनि नयाँ कानूनको कार्यान्वयनमा जोड दिए । यो ऐन कार्यान्वयनमा आएसँगै विसं १९१० मा निर्माण गरिएको मुलुकी ऐन प्रतिस्थापन भएको छ । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

  • 3 minutes ago
नेत्रविक्रम चन्द नेतृत्वको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

पोखरा । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक १५ देखि २० गतेसम्म सरकार विरुद्ध संघर्षका कार्यक्रमहरु एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

  • 11 minutes ago
वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ । व्यवसायी वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । उनले आफु संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

  • 16 minutes ago
कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

एजेन्सी । लामो समयदेखि अभिनेत्री श्वेता अग्रवालसँग प्रेमसम्बन्धमा रहेका सिंगर आदित्य नारायण झा विवाह गर्ने तयारीमा रहेका छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।