प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाम गर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाई

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताएका छन् । 

 

६४ औँ प्रहरी दिवसका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले परिवर्तित व्यवस्थाको वर्तमान परिवेशमा हिजोकै सोच, शैली, व्यवहारले समाजमा शान्तिसुरक्षा र अमनचयनको भरपर्दो व्यवस्था गर्न चुनौती हुने उल्लेख गरे । जनताले हिजोको भन्दा फरक तरिकाले सेवा मागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, “प्रहरीलगायत सबैले सकारात्मक सोच र व्यवहारका साथ नयाँ तरिकाले सेवा दिन जरुरी भइसकेको छ ।” 

 

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकार प्रदेश प्रहरी गठनका लागि आवश्यक प्रक्रियामा लागेको जानकारी दिए । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्सालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचयनको व्यवस्था मिलाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । 

 

कार्यक्रममा डोटी जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्कीलाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता भएबापत  पुरस्कृत गरिएको थियो । यसैगरी  विसं २०७५को एसइई परीक्षामा उत्तीर्ण हुने प्रहरीका छोराछोरीहरु अनिसाकुमारी साउद, अनिताकुमारी पन्त, दीपेश भण्डारी र कल्पना साउदलाई पनि पुरस्कृत गरिएको थियो । धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत साउद, नागरिक समाजका अगुवा डा हेमराज पन्त, पूर्वप्रहरी दलबहादुर बोगटीलगायतले बदलिँदो समाजिक परिवेशमा प्रहरी सङ्गठनले आफ्नो सेवालाई अझ बढी प्रभावकारी बनाउन जरुरी भएकामा जोड दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

  • 3 minutes ago
कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

एजेन्सी । लामो समयदेखि अभिनेत्री श्वेता अग्रवालसँग प्रेमसम्बन्धमा रहेका सिंगर आदित्य नारायण झा विवाह गर्ने तयारीमा रहेका छन् ।

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

  • 12 minutes ago
पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरु

घर जान सजिलै टिकट पाइएपछि...

  • 17 minutes ago
घर जान सजिलै टिकट पाइएपछि...

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् ।



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।