त्रिशूलीमा खस्यो जीप

  • बिहीबार, १८ आषाढ, २०७७
  • 3 months ago
  • नेपाल

मौवाखोला । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको  छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको  सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । 

 

स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उनले बताए । 

 

अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार  खसेको सो जीप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ ।  वरिष्ठ उपरीक्षक धौबजीले भने, “जीप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म  हेर्दासमेत जीप फेला परेको छैन । ”


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

  • 33 seconds ago
बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

  • 18 minutes ago
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित १ वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

  • 22 minutes ago
लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

काठमाडौँ । कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितले आफ्नो उपचार सहित अन्य खर्च सबै आफैंले बहोर्नुपर्ने सरकारको निर्णय गरेको थियो । उक्त निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइराख



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।