इरानका ५२ ठाउँमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि, अमेरिकी सरकारी वेबसाइट ह्याक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ ठाउँमा तत्काल आक्रमण थाल्ने भनेर ट्वीट गरेको केही बेरमै एक अमेरिकी सरकारी वेभसाइट ह्याक भएको छ । ट्रम्पले नेपाली समयअनुसार आइतबार बिहान यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि फेरि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएको केही बेरमै ‘इरान साइबर सिक्युरिटी ग्रुप ह्याकर्स’ नामक समूहले वेभसाइट ह्याक गरेको जिम्मा लिएको हो । 

 

उक्त समूहले अमेरिकाको सङ्घीय डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरेको हो । ह्याक गरिएको वेभसाइटमा लेखिएको छ ‘यो इस्लामिक गणतन्त्र इरानको सन्देश हो । यो इरानको साइबर क्षमताको एउटा पाटो मात्र हो ।’ त्यस्तै, उक्त वेबसाइटमा राष्ट्रपति ट्रम्पको बिगारिएको तस्बिर राखिएको छ जसमा उनलाई अनुहारमा हानिएको र मुखबाट रगत आएको देखिन्छ । 

 

 

 ट्रम्पले उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएपछि एक ट्वीट गर्दै आफूहरुको क्षमताबारे बताएका थिए । त्यसको प्रतिउत्तरमा इरानले ह्याक गरेको हो । त्यस्तै, इरानले सुलेमानीको हत्याको बदला लिने उद्घोष गरिसकेको छ ।

 

अमेरिकी आक्रमणमा मारिएको सुलेमानीको शनिवार बग्दादमा शवयात्रा भएको थियो । उक्त शवयात्रमा हजारौँ मानिस सहभागी भएका थिए ।

 

शवयात्रापछि बग्दादस्थित ग्रीन जोनमा अमेरिकी दूतावासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो। अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो। तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । उक्त आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१५ किलो गाँजासहित दुई जना पक्राउ

  • 1 minute ago
१५ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

  • 34 minutes ago
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 1 hour ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।