डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
- शनिबार, २ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ ।
केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ ।
आफ्नो पार्टीको निर्देशन विपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।
ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार ९ भिटो० प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् ।
तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन् ।
सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे ।
उनले भने, ‘रिपब्लिकनहरूले आफू साहसी भएर हो, या सिद्धान्तमा अडिग भएर हो, या त आकुल व्याकुल भएर हो आफ्ना राष्ट्रपतिले सीमा नाघ्न खोज्दा उहाँलाई ठाउँमा ल्याउन थालेका छन् ।’
विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, ‘रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।’
उनीहरूका अनुसार यो कदम पर्खाल योजनाप्रति सिनेटरको विरोध नभएको तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध भएपछि आएको स्वतन्त्र निर्णय थिए ।
पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोन्ने बताउँदै आएका थिए । राससरएपी
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 18 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 26 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 43 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।