ट्रम्पलाई आपत्त, पूर्व वकिलले विपक्षमा न्यायाधिकारीलाई सघाउने
- रासस/एएफपी
- मंगलबार, १९ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल मिसेल कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमानदार रहने बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पको विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको सङ्केत गर्दै कोहेनले समाचार संस्था एबीसीसँगको अन्तर्वार्तामा भने,‘प्रष्ट भन्नुपर्दा मेरी पत्नी, छोराछोरी र देशप्रति मेरो सबैभन्दा बढी निष्ठा रहने छ।’
कोहेनको भनाइसँगै कतै उनीसँग राष्ट्रपतिको विपक्षमा बलियो तथ्य त छैन भन्ने अनुमानहरू फैलिएका छन्। उनको विगतमा राष्ट्रपतिविरुद्ध ‘कडा आधार’ रहेको भन्ने घोषणा निकै विवादास्पद मानिएको अभिव्यक्ति हो।
अमेरिकी संघीय गुप्तचर निकाय ९एफबिआई० ले गत अप्रिलमा कोहेनको घर तथा कार्यालयमा विशेष सल्लाहाकार रवर्ट मुलरको निर्देशनमा खानतलासी गरेको थियो। मुलरले सन् २०१६ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिने गरेको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्। अनुसन्धानले ट्रम्पको निर्वाचन अभियानमा मस्कोको संगग्नता रहेको भन्ने विषयमा आएका सूचनामाथि छानविन गरिरहेको छ।
कोहेनको घर तथा कार्यालयमा भएको खानतलासीपछि सञ्चार माध्यममार्फत आएको विस्तृत कुराकानीमा पनि उनले ट्रम्पको प्रसंशा गरेका थिएनन्। बरु असन्तुष्टिका शब्दहरू खर्चिँदै आफूमाथिको अनुसन्धानप्रति कुराकानीलाई केन्द्रित गरेका थिए।
सन् २००७ मा ट्रम्पको निजी वकिल बनेका कोहेनले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई निर्वाचनपूर्व १ लाख ३० हजार अमेरिकी डलर दिइ सन् २००६ मा ट्रम्पसँग सम्बन्ध रहेको भनिएको कुरामा केही नबोल्न आग्रह गरेको भनाइ बाहिर आएको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 5 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 16 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 41 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।