'म अमेरिकाको राष्ट्रपतिका रुपमा काम गरिरहनलाई महाअभियाेगले केही गर्ने वाला छैन'

Norvic Hospital

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ ।

 

शक्तिको दुरुपयोग गरेको आरोपमा उहाँका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको थियो । तल्लो सदनमा दर्ता भएको सो प्रस्तावमाथि केही दिनदेखि छलफल भएको थियो । 

 

महाअभियोगको प्रस्तावमाथि तल्लो सदनमा बुधबार छलफल भएको थियो । सो छलफलपछि मतदान भएको थियो । सो मतदानमा महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत मात्रै परेको थियो । महाअभियोग पारित हुनका लागि २१६ मत आवश्यक थियो ।

 

तल्लो सदनबाट पारित भएको यस प्रस्ताव माथिल्लो सदनबाट पारित भएपछि मात्र उहाँमाथि महाअभियोग लाग्ने प्रावधान अमेरिकी संविधानमा छ । 

 

यो महाअभियोग प्रस्ताव दुवै सदनबाट पारित भएमा उहाँ पदमुक्त हुनुहुने प्रावधान सो संविधानमा रहेको छ । बुधबार भएको मतदानमा अधिकांश डेमोक्र्याट सांसदहरुले आरोपको पक्षमा र रिपब्लिकन सांसदहरूले उहाँमाथिको महाअभियोग प्रस्तावको आरोपको विपक्षमा मतदान गरेका थिए ।

 

अमेरिकी इतिहासमा महाअभियोग लगाउने प्रस्ताव गरिएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति बन्नु भएको छ । यसअघि डेमोक्रेटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रयु जोनसन एक मतले महाभियोगबाट बचेका थिए । 

 

त्यस समयमा उहाँले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद् (कँग्रेस) मा यो प्रस्तावको सामना गर्नुपरेको थियो । 

 

महाअभियोग प्रस्ताव अमेरिकी संविधानअनुसार सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो । तर अमेरिकी माथिल्लो सदनले पारित गरेपछि मात्र यो प्रस्ताव लागू हुने छ । 

 

तर पनि माथिल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेको छ । यसले गर्दा उहाँमाथिको यो महाअभियोग प्रस्ताव पारित हुनसक्ने सम्भावना भने कम देखिएको विश्लेषकहरुको भनाई छ । 

 

जोनसनमाथिको प्रस्ताव संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोग प्रस्ताव थियो । सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसद्को तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो । 

 

यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो । तर एक महिनाको सुनुवाईपछि सिनेटले मे महिनामा गरेको महाअभियोग प्रस्ताव पारितका लागि मतदानमा दुई तिहाइ पुग्न एक मत नपुगेपछि जोनसनको राष्ट्रपति पद जोगिएको थियो । 

 

त्यसैगरी रिपब्लिकन राष्ट्रपति रिचार्ड निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनः निर्वाचन हुनका लागि वासिङ्टनस्थित वाटरगेट भवनमा भएको चोरी काण्डमा उनको दलले नै चोर पठाएको भनी खोजी पत्रकारिताले पत्ता लगाएपछि उनीमाथि पनि महाअभियोगको प्रस्ताव आएको थियो ।

 

तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्था रहेकोले अन्तिममा आएर उनले राजीनामा दिएको र महाअभियोगबाट बचेका थिए ।

 

सन् १९९९ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेर कम भएकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो बयान दिएको आरोप लागेको थियो । 

 

तर क्लिन्टनको दलले उनीविरूद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरूद्धको आरोप भने पुष्टि हुन सकेको थिएन । क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट बिदा भएका थिए ।

 

महाअभियोग अवैधानिक

 

यसैबीच आफूमाथि अमेरिकी संसदको तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेको समाचारको विरोध गरेका छन् । उनले यस प्रस्तावलाई अवैधानिक कार्यको संज्ञा पनि दिएका छन् । 

 

उनले यो प्रस्तावले आफूलाई केही नहुने बताएका छन् । उक्त प्रस्तावपछि उनले दिएको एक सार्वजनिक अभिव्यक्तिमा भनेका छन्– यसले मलाई केही हुनेवाला छैन, म अमेरिकाको राष्ट्रपतिका रुपमा काम गरिरहनलाई यसले केही गर्ने वाला पनि छैन । 

 

राष्ट्रपति ट्रम्पले आफूमाथि महाअभियोग लगाउने भनी काँग्रेसले अघि सारेको प्रस्तावदेखि नै यसको विरोध गरेका थिए । उनले यस कार्यलाई अवैधानिक काम भएको टिप्पणी गर्दै आएका थिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 8 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल

'अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ'

  • 10 minutes ago
'अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ'

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको

‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

  • 13 minutes ago
‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

काठमाडौँ। अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राईज’को दोस्रो भाग ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुनसक्ने यसका निर्माणपक्षले जनाएका छन्। फिल्मका निर्माता मनीष शाहले हालसालै दिएको एक अन्तर्वार्तामा फिल्मक



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।