अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ
- मंगलबार, ६ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एक अर्बपति व्यापारीमात्रै नभएर टिभि पर्सनालिटी र लेखक पनि हुन् । उनलाई फोब्र्स पत्रिकाले सबैभन्दा धनी ५०० जनाको सूचीभित्र पनि राखेको छ ।
ट्रम्पले गर्ने विभिन्न हर्कतहरुको कारणले सधैं मिडियाको ध्यान तान्ने गरेका छन् । उनी आफ्नो अभिव्यक्ति र आफ्नो निजि जिवनको कारणले धेरै विवादमा पनि परिरहेका हुन्छन् । उनका बारेमा अनौठा १८ तथ्यहरु यस्ता छन्ः
१.उनी टेलिभिजन पर्सनालीटी र अभिनेता पनि हुन् । उनले ‘द एपेरेन्टाइस’ टेलिभिजन सो १४ सिजनसम्म होस्ट गरेका थिए जस बापत सन् २००७ मा उनले ‘हलिवुड वाक अफ फेम’मा स्टार पनि प्राप्त गरे ।
२. सन् १९९९ मा ट्रम्पले एक प्रस्ताव पेस गरे जसअनुसार १० मिलियन डलर भन्दा बढी पैसा भएका मानिसहरुले एक पटकमा १४ दशमलब २५ प्रतिशत कर तिर्ने प्रस्ताव गरे । उनको तर्क के थियो भने त्यसरी कर उठाउदा ५ दशमलब ७ खर्ब उठ्छ र राष्ट्रिको सबै ऋण चुक्ता गर्न सकिन्छ ।
३. उनको कपाल सक्कली हो । उनले आफ्नो कपाल आफ्नी श्रीमती मेलिनासँग कटाउँछन् ।
४. उनी पहिले रिपब्लिकन पार्टीमा थिए र सन् २००१ देखि सन् २००९ सम्म डेमोक्र्याट पार्टीमा लागेका थिए र पछि फेरि रिपब्लिकन पार्टिमै फर्केका थिए ।
५. जासुसी पत्रिकाले एकपटक संसारका केही धनीहरुलाई १३ सेन्टको चेक पठायो र ककस्ले त्यो चेक साट्छ भन्ने परिक्षण गर्याे । त्यो चेक साट्नेमा एक हतियार बिक्रेता र अर्को डोनाल्ड ट्रम्प थिए ।
६. ट्रम्प एक रियालिटी टिभि सो सँग आबद्ध थिए जसमा प्रतियोगीहरुले अमेरिकी अर्बपतिहरुसँग काम गर्ने मौका पाउथे । सोमा ट्रम्पले प्रतियोगीहरुलाई बाहिर पठाउन ‘यु’आर फायर्ड’भन्थे ।
७. ट्रम्प एक कम परोपकारी व्यक्ति हुन उनले २० वर्षमा जम्मा ३ दशमलब ७ मिलियन डलर मात्रै दान गरेका छन् ।
८. डोनाल्ड ट्रम्पले एक लेखकलाई पाँच अर्ब डलर जरिवाना तिराउन अदालतमा मुद्दा हाले किनभने ति लेखकले ट्रम्पलाई अर्बपतिको सट्टा करोडपति भनेका थिए ।
९. उनलाई अरुसँग हात मिलाउन मन पर्दैन यतिमात्रै होइन उनी अरुले छोएको वा प्रयोग गरेको वस्तु छुन समेत खोज्दैनन् ।
१०. ब्याक टु फ्युचर फिल्म श्रृंखलामा बिफ टानेन नामको पात्र डोनाल्ड ट्रम्पमा आधारित थियो ।
११.सन् १९९० मा ट्रम्पले स्टक ब्रोकर फर्म ज्याने मोन्टोगोमेरी स्कटलाई अदालतमा मुद्दा हाले । किनभने त्यहाँका विश्लेषकले ट्रम्पको ताजमहल होटल आर्थिकरुपमा धरासायी हुन्छ भनेकाथिए ।
१२ं. ट्रम्पको स्वामित्वमा भएका कम्पनीहरु चारपटक आर्थिक रुपमा धरासायी भएकाथिए ।
१३. ट्रम्पले होमएलोन २ः लस्ट इा न्युयोर्क नामको फिल्ममा क्यामियो रोल गरेका छन् ।
१४. ट्रम्पले एकपटक एक विन्डफार्मको निर्माण रोक्ने प्रयास गरेका थिए किनभने त्यसले उनको गल्फ रिसोर्टबाट देखिने दृश्यमा अवरोध गर्थ्यो ।
१५. सन् २०१२ ट्रम्पले आफ्नो होटलहरु तथा रिर्सोटहरुमा ग्लेनफिडिच ह्विस्की प्रतिबन्धित गरिदिए । त्यसको कारण थियो उनको आलोचक र छिमेकी माइकल फोब्र्सले उक्त कम्पनीले प्रायोजन गरेको टप स्कट अर्वाड जितेका थिए ।
१६. सन् १९९६ देखी २०१५ सम्म ट्रम्पले मिस युनिभर्स, मिस युएसए र मिस टियुएसए सुन्दरी प्रतियोगिताको आयोजना गर्ने गरेका थिए ।
१७. एट्लान्टिक शहर, न्युजर्सीले एकपटक एक अवकाश प्राप्त वृद्धाको घर बलजफ्ती गरेर ट्रम्पलाई लेमोजिनकार पार्किङ बनाउन दिने प्रयास गर्यो जसको विरुद्धमा वृद्धा अदालत गइन र न्याय पाइन ।
१८. टम्पलाई ३ हजार ५ सय पटक उनको बिजनेस पार्टनरहरु, क्लाइन्टहरु, कर्मचारीहरु र बैंकहरुले मुद्दा दायर गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 8 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 25 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 30 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।