ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, २१ भदौ, २०७९
  • 2 months ago
  • युके

लण्डन । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

 

थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनेछिन् । 

 

बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछिन् । 

 

विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै ‘२०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गरेकी छन् । 

 

एक लाख ७० हजारभन्दा बढी कन्जरभेटिभ सदस्यले गरेको ग्रीष्मकालीन प्रतिस्पर्धामा ट्रसले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई ५७ प्रतिशत मत ल्याएर पराजित गरेकी हुन् । 

 

“मैले एक कन्जरर्भेटिभ दलको रूपमा अभियान चलाएँ, र म दलको कम कर र व्यक्तिगत जिम्मेवारीको टोरी मूल्यमान्यताहरूप्रति प्रतिवद्ध भई देशलाई नेतृत्व गर्नेछु,” उनले भनिन् । 

 

ट्रसले कर कटौती र ऊर्जा सङ्कटलाई सम्बोधन गर्न ‘साहसिक योजना’ को प्रतिज्ञा गर्दै आगामी दिनमा यसको विस्तृत योजना अघि सार्ने बताइन्। 

 

यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिँदै ट्वीटरमा लेखेका छन्, “मलाई थाहा छ कि उहाँसँग जीवनयापनको लागतको सङ्कटको सामना गर्ने, हाम्रो पार्टीलाई एकताबद्ध गर्ने र हाम्रो देशलाई एकताबद्ध गर्ने र समावेशी बनाउने महान् कार्यलाई जारी राख्ने सही योजना छ ।” उनले थपे, “अब सबै कन्जरभेटिभहरूले उहाँको शतप्रतिशत समर्थन गर्ने समय आएको छ ।”

 

गत जुलाईमा सुनकसहित मन्त्रीहरूले जोनसनको कामप्रति असन्तिुष्टि जनाउँदै सरकारबाट राजीनामा दिने घोषणा गरेपछि उनले पनि पदबाट हट्ने इच्छा व्यक्त गरका थिए । उनको राजिनामाको घोषणासँगै नेतृत्वको प्रतिस्पर्धा सुरु भएको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 2 hours ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 3 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 3 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।