उदयपुर– १ को मतगणना सुरु
- मंगलबार, १३ मंसिर, २०७९
- 1 month ago
- समाचार

उदयपुर। उदयपुर– १ को मतगणना सुरु भएको छ। तीन दिनदेखि रोकिएको मतगणना बिहान ११ बजेदेखि सुरु भएको हो।
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीलाई निर्वाचन कानुनको अधीनमा रही मतगणना अधिकारको अख्तियारी दिएपछि विवाद भएको सय मत बदर गरी गणना सुरु गरेका छन्।
गणना सुरु गर्ने निर्णयसँगै एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलगायत उम्मेदवारले गणना बहिष्कार गरी गणनास्थलबाट बाहिर निस्किएका छन्। गणनामा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र तिनका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीको सहभागिता छ।
आइतबार बिहान खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मत पत्र भेटिएकाले गणना रोकिएको थियो। ६३ हजार ८० मत गणना भैसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको थियो। त्यसै क्रममा प्रदेशसभाको क्षेत्र नम्बर २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन्।
गणना भैसकेको मतअनुसार कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन्। खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।