‘उसागी’ आँधीबाट एकको मृत्यु
- सोमबार, १० मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

होचिमिन्ह सिटी । भियतनामको दक्षिण शहरमा आएको उसागी नामक आँधीपछि गएको भूस्खलनमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
यस प्रकोपको कारण कैयौं घर, डुङ्गा र सडकहरु क्षतिग्रस्त भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
दक्षिण क्षेत्रमा आइतबार शुरु भएको यस प्रकोपमा रिया भुङ ताग र बेन ट्रे प्रान्त प्रभावित भएको छ । आँधीबाट होचिमिन्ह सिटीमा मोटसाइकल चालक एक व्यक्तिको मृत्यु भएको छ ।
यस आँधीबाट ५१ घर, ४६ डुङ्गा, ७१८ हेक्टर धानबाली, तीनसय ८० हेक्टर अन्य बाली र १।५ किलोमिटर राष्ट्रिय सडक क्षतिग्रस्त भएको छ । भारी वर्ष र बाढीपछि होचिमिन्ह सिटी र निन्ह थुआन प्रान्तका प्रायः विद्यालयहरु सोमबार बन्द गरिएका छन् ।
सन् २०१७ मा भियतनाममा आएको आँधीका कारण तीनसय ८६ व्यक्तिको मृत्यु हुनुको साथै ६ लाखभन्दा बढी घरहरु क्षतिग्रस्त भएको थियो । त्यसैगरी यस आँधीमा परी २ अर्ब ६० करोड डलर बराबरको नोक्सानी भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 51 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 59 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 1 hour ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।