नवाजुद्दीन सिद्दिकीकी आमाले बुहारी आलिया सिद्दिकीविरुद्ध दर्ता गरिन् उजुरी
- सोमबार, ९ माघ, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी श्रीमतीबीचको सम्बन्ध विगत केही वर्षदेखि राम्रो चलिरहेको छैन । आलिया र नवाजबीच धेरै विवाद चलिरहेकै अवस्थमा अभिनेताकी आमा मेहरुनिसा सिद्दिकीले आलिया सिद्दिकीविरुद्ध उजुरी दिएकी छन् । वर्सोवा प्रहरीले आलियालाई सोधपुछका लागि पत्र पठाएको छ ।
मेहरुनिसाको उजुरी पछि, आलिया वर्सोवा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। नवाजकी आमा र श्रीमतीबीच पनि सम्पत्तिको विवाद चलिरहेको छ ।
आलियाले आफ्नो विरुद्धको उजुरीको प्रतिलिपि इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन्, ‘आश्चर्यजनक.. मेरो श्रीमान् विरुद्धको मेरो वास्तविक आपराधिक उजुरीहरू पुलिसले सुनेनन्। तर, मविरुद्ध तुरुन्तै आपराधिक एफआईआर दर्ता हुन्छ। केहि घण्टा भित्रै। के मैले यसरी न्याय पाउँछु ?’
यसअघि आलियाले अभिनेतामाथि धोका दिएको आरोप लगाएकी थिइन् । पिंकभिलासँगको २०२० अन्तर्वार्तामा उनले आफ्नो पहिलो सन्तान गर्भमा रहदाँ नवाजले अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्।
उनले भनेकी थिइन्, ‘मलाई प्रष्ट याद छ कि जब हामी डेटिङमा थियौं र बिहे गर्न लागेका थियौं, उनी पहिलेदेखि नै अरु कसैसँग सम्बन्धमा थिए, त्यसै कारण हामीबीच लगातार झगडा भएको थियो ।’
उनले अगाडि भनिन्,‘जब म गर्भवती थिएँ, मैले चेकअपको लागि आफैं ड्राइभ गर्नुपर्थ्यो। मेरा डाक्टरहरूले मलाई सुत्केरीका लागि एक्लै आएकी म पहिलो पागल महिला हुँ भनेका थिए ।’
आलिया र नवाजले सन् २०१० मा विवाह गरेका थिए र उनका दुई सन्तान छन् । आलियाले सन् २०२० मा सम्बन्ध विच्छेदको लागि दायर गरेकी थिइन् तर पछि उनले सम्बन्धविच्छेद गर्ने निर्णय परिवर्तन गरेकी थिइन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला
- 15 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 51 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 56 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।