बेलायत र जापानबीच व्यापार सम्झौता गर्न सैद्धान्तिक सहमति

  • शुक्रबार, २६ भदौ, २०७७
  • 1 week ago
  • युके

लण्डन । बेलायत र जापानबीच व्यापार सम्झौता गर्न शुक्रबार एक सम्झौताका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । युरोपेली युनियन (इयू) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापानसँग बेलायतको महत्वपूर्ण सम्झौता भएको हो । 

 

बेलायती अधिकारीहरुका अनुसार दुबै देशबीच वार्षिक करिब १९ अर्ब डलरको व्यापार हुनेछ, तर सम्झौताको विस्तृत विवरण भने दिइएको छैन । 

 

बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले बेलायतका औद्योगिक सामग्री, खाद्य तथा पेय, र प्रविधि उद्योगलाई जापानी बजारमा सहज पहुँच हुने जानकारी दिए । बलायतका सामानमा जापान प्रवेश गर्दा ९९ प्रतिशतसम्म भन्सार छुट हुने भएकाले एसिया प्रशान्त क्षेत्रमा बेलायतको उपस्थिति बलियो हुने मन्त्री ट्रसले बताए। 

 

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानसँगको नयाँ सम्झौताले बेलायतको अर्थतन्त्रमा करिब १५ अर्ब डलरको थप योगदान पुग्ने बेलायत सरकारको आँकलन छ । 

 

इयूसँग व्यापार सम्झौता नभएको अवस्थामा बेलायतमाथि ठूलै संकट उत्पन्न हुने विश्लेषकहरुको भनाई छ । 

 

सन् २०१९ मा बेलायतले करिब ३७ अर्ब पाउन्ड बराबरको सामान जर्मनी निर्यात गरेको थियो जुन बेलायतको कूल निर्यातको झण्डै १० प्रतिशत थियो । जापानतर्फ बेलायतको निर्यात करिब ७ अर्ब डलर मात्र थियो जुन कूल निर्यातको २ प्रतिशतभन्दा केही कम थियो । 

 

यद्यपी इयूसँगको वार्ता अझै जारी छ र ब्रसेल्समा सोमबारदेखि पुनः वार्ता हुँदैछ । गत जनवरी ३१ मै बेलायतले इयू परित्याग गरे पनि यस वर्षको अन्त्यसम्म इयूसँग भन्सार रहित स्वतन्त्र व्यापार गर्न बेलायतलाई छुट छ । तर सन् २०२१ देखि बेलायत र इयूबीच कसरी व्यापार र अन्य सम्बन्धहरु विकास हुन्छन् भन्ने अझै अन्यौल छ । 

 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इयूसँग सम्झौता नभए पनि बेलायत इयूबाट बाहिर निस्कने बताइसकेका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन

  • 28 minutes ago
झापाका संक्रमित बृद्धको मोरङमा उपचारको क्रममा निधन

विराटनगर । झापाका कोरोना संक्रमितको मोरङस्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा निधन भएको छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

  • 35 minutes ago
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • 55 minutes ago
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।