विहिबार बेलायतमा मध्यावधि निर्वाचन : के होला ब्रेक्जिट ?

  • बुधबार, २५ मंसिर, २०७६
  • 9 months ago
  • युके
प्रधानमन्त्री बोरिस जोनसन

 

लण्डन ।  २०१७ मा बेलायतमा कञ्जरभेटिभ पार्टीको बहुमतको सरकार  रहँदा रहँदै पनि तत्कालीन प्रधानमन्त्री  टेरिसा मेले मध्यावधि निर्वाचनको घोषणा गरिन् । अघिल्लो वर्ष सम्पन्न जनमतसंग्रहमा बेलायती जनताले दिएको ब्रेक्जिटको म्याण्डेट पूरा गराउनका लागि दुई तिहाई बहुमत जितेर पर्याप्त शक्ति जुटाउने उनको रणनीति थियो । तर नतिजा उनको अपेक्षाविपरित आयो र पहिले भएको बहुमत पनि खोसियो । 

 

अप्रत्यासित हारपछि डेमोक्रेटिक युनियनिस्ट पार्टी (डियुपी) को समर्थन जुटाएर टेरिसाले सरकारलाई निरन्तरता त दिइन् तर ब्रेक्जिटलाई पार लगाउन सकिनन् । न त बेलायती संसदबाट ब्रेक्जिट डिल पास गराउन सकिन् न नो डिल ब्रेक्जिटको लागि बाटो खुलाउन नै । अन्ततः गत जुन महिनामा उनी प्रधामन्त्रीको पदबाट राजिनामा गर्न बाध्य बनिन् ।  

 

टेरिसाको बहिर्गमनपछि प्रधानमन्त्रीको कुर्सीमा आएका बोरिस जोनसन यतिबेला त्यहि नियति भोग्दैछन् जुन टेरिसाले भोगिन् । जेनतेन संसदबाट ब्रेक्जिट डिल त थ्रु गराए, तर अक्टोबर ३१ को डेडलाइनमा बहिर्गमन गराएरै छोड्ने उनको अठोट पूरा गराउन सकेनन् । सर्टकर्ट बाटोबाट समयसीमामै ब्रेक्जिट पूरा गर्ने उनको नीतिलाई संसदले साथ नदिएपछि उनी म्याद थपको लागि युरोपेली संघलाई आग्रह गर्न बाध्य बने । पछिल्लो म्याद थपपछि अहिलेको ब्रेक्जिटको नयाँ डेडलाइन जनवरी ३१ छ । 

 

अहिलेकै हैसियतमा ब्रेक्जिटलाई पार लगाउने सम्भावना नदेखेपछि प्रधानमन्त्री जोनसनले मध्यावधि निर्वाचनमा जाने बाटो रोजेका छन । प्रमुख विपक्षी लेबरसहितका दलले समेत निर्वाचनलाई समर्थन दिएपछि यहि विहिबार डिसेम्बर १२ मा तय मध्यावधि निर्वाचन सम्भव बनेको हो ।  

 

ब्रेक्जिटमा कायम ठूलो अन्योल र अलमललाई हटाएर यो निर्वाचनले ठोस दिशा प्रदान गर्ने अपेक्षा छ ।  'हुन त राजनीतिक दलहरुले स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका विभिन्न क्षेत्रमा पनि प्रतिस्पर्धात्मक रुपमा आकर्षक प्रतिबद्धताहरु अघि सारेका छन् । तर निर्वाचनको केन्द्रमा ब्रेक्जिट  छ', लेबर पार्टीआबद्ध डा बच्चुकैलाश कैनी भन्छन्, 'आम बेलायतीहरुले पनि अरु विषयहरुभन्दा बढि यो निर्वाचनपछि ब्रेक्जिटको प्रक्रियाले कुन मोड लिन्छ भनेर प्रतिक्षा गरिरहेका छन् ।' 

 

प्रधानमन्त्री बोरिस जोनसनले आशा गरेअनुरुप सत्तारुढ कञ्जरभेटिभ पार्टीकै बहुमत आयो भने जनवरी ३१ मा बेलायत युरोपेली संघबाट बाहिरिने धेरै सम्भावना छ । तर त्यसले मात्रै ब्रेक्जिटलाई किनारा लगाउनेछैन ।  सन् २०२० को अन्त्यमा संक्रमणकाल सकिने बेलासम्म बेलायत र युरोपको भावी व्यापार सम्बन्धलाई निर्देशित गर्ने व्यापार सम्झौतामा सहमति जुटाउने ठूलो चुनौति प्रधानमन्त्री जोनसनका लागि कायम रहनेछ ।  

 

बेलायती राजनीतिमा सक्रिय कोलबर्न टाउन काउन्सिलका मेयर डा जगन्नाथ शर्मा ब्रेक्जिटको ग्यारेन्टीका लागि कञ्जरभेटिभ पार्टीकै जित अपरिहार्य ठान्छन् । 'अन्यथा जनमतसंग्रहको म्याण्डेट अधुरै रहन सक्छ । बे्रक्जिट चाहने  बेलायतीहरुले कञ्जरभेटिभलाई जिताउनुको विकल्प छैन', सोहि पार्टीबाट मेयर निर्वाचित डा शर्माले भने ।

 

धेरैले अनुमान गरेविपरित विपक्षी लेबर पार्टीलाई बहुमत प्राप्त भयो भने ब्रेक्जिटको विषयमा पुन जनमतसंग्रह हुने निश्चितजस्तै देखिन्छ । उक्त जनमतसंग्रहमा युरोपेली संघसंग गरिएको सम्झौतासहित संघबाट बाहिरिने वा संघमै रहने भन्ने विकल्पहरु रहनेछन् । जसले अघिल्लो जनमतको नतिजालाई उल्टाइदिन पनि सक्नेछ । 

 

लेबर पार्टीबाट गत संसदीय निर्वाचन समेत लडेका डा कैनीलाई लाग्छ, कुनै पनि दलको बहुमत आउने स्थिति छैन ।  त्यसअवस्थामा अहिलेको जस्तै मिलिजुली सरकारको विकल्प रहनेछैन । तर ब्रेक्जिटको भविष्य थप अन्योलपुर्ण बन्न सक्छ, यसै होला भनेर अहिले अनुमान गर्न कठिन छ । 

 

स्रोतः अन्नपुर्ण पोष्ट


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 25 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 56 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 1 hour ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।