बेलायतमा आज निर्वाचन, मतदान जारी

  • बिहीबार, २६ मंसिर, २०७६
  • 9 months ago
  • युके
मतदान गरी बाहिरंदै बेलायती प्रधानमन्त्री बोरिस जोनसन ( तस्विर : बिबिसी)

 

लण्डन । पछिल्लो ५ वर्षभित्रमा तेस्रो पटक हुन लागेको संसदीय निर्वाचनमा अहिले बेलायतीहरुले मतदान गरिरहेका छन् । 

 

विहिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका १० बजेसम्म जारी रहनेछ । 

 

बेलायतका चारै राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका कुल ६ सय ५० निर्वाचन क्षेत्रमा चुनाव भइरहेको छ । 

 

बेलुका १० बजे मतदान बन्द भएलगत्तै मगगणना सरु गरिनेछ र शुक्रबार बिहानसम्म अन्तिम नतिजा प्राप्त भइसक्ने अपेक्षा छ । 

 

सन् २०१५ मा सम्पन्न संसदीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीले बहुमत प्राप्त गरेको थियो । सन् २०१६ जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा नतिजा आएसंगै तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरनले राजिनामा गरे र टेरिसा मे प्रधानमन्त्री बनिन् ।

 

ब्रेक्जिटलाई सहज ढंगले पार लगाउन संसदमा थप शक्ति आर्जन गर्ने आशाले बहुमत हुंदा हुंदै पनि टेरिसाले सन् २०१७ मा मध्यावधि घोषणा गरिन् । तर उल्टै भएको बहुमत समेत गुमाउन पुगिन् । 

 

ब्रेक्जिटमा असफलताकै कारण प्रधानमन्त्री टेरिसाको राजिनामा आएपछि ६ महिनाअघि प्रधानमन्त्री बनेका बोरिस जोनसनले अहिले फेरि मध्यावधि घोषणा गरेका हुन् । गत निर्वाचनमा बहुमतका लागि ८ सिटले चुकेको थियो कञ्जरभेटिभ । तर निर्वाचनपूर्वका सर्वेक्षणहरुले कुनै पनि दलको बहुमत आउन गाहे पर्ने देखाइरहेका छन् । 

 

यो पनि पढौं : 

विहिबार बेलायतमा निर्वाचन, के होला ब्रेक्जिट ?

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 26 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 57 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 1 hour ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।