नेपाली दूतावास बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लण्डन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ ।

 

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याएको योगदानको चर्चा गरे।

 

लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरि उक्त विश्वविद्यालयको  नेपाली एण्ड हिमालयन स्टडिज विभागमा रही नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै उनीहरुका सिर्जनासमेत वाचन गरे ।

 

प्रा डा सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्याएको विशेष योगदानको चर्चा गरे । नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरे ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई (लारा)ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराएकी थिइन् । कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को लोकार्पण गरिएको थियो ।

 

सो अवसरमा आयोजित काव्य गोष्ठीमा बेलायतलगायत युरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गरेका थिए । साथै बेलायतमा रहेका बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ र सुरेन्द्र इङ्नामले बाँसुरी वादन, कलाकारहरु डम्बरसिंह प्रयास तथा मनोज अञ्जानले सारङ्गी वादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गरेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 2 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 2 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।