Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआईपीएल फाइनल वर्षाका कारण रद्ध भएमा कुन टिम विजेता बन्नेछ ?

आईपीएल फाइनल वर्षाका कारण रद्ध भएमा कुन टिम विजेता बन्नेछ ?


एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आज समापन हुँदैछ । उपाधिका लागि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि समापन समारोहको आयोजना गरिँदैछ । जसमा गायक डिभाइन, जोनिता गान्धी र राजा डीजे न्यूक्लिया सहभागी हुनेछन् । बीसीसीआईले यसको पुष्टि गरेको छ ।

यदि आज फाइनलमा वर्षा वा अन्य कुनै कारणले एक बल पनि नफ्याँकी फाइनल खेल हुन सकेन भने गुजरात टाइटन्स विजयी हुनेछ ।

आईपीएलको नियम अनुसार २०–२० ओभरको खेल वर्षाका कारण हुन नसकेमा पाँच ओभरको बनाइनेछ भने पाँच ओभरको खेल नभएमा एक ओभरको सुपर ओभर हुनेछ ।

त्यसपछि एक ओभर पनि हुन सक्ने अवस्था नआएमा अंक तालिकामा बढी अंक जोडेको टोली विजेता बन्नेछ । यस्तो अवस्थामा लिग चरणमा गुजरात २० अंकका साथ शीर्ष स्थानमा थियो भने चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रह्यो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT