बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिदैँ

Global IME
Mega Bank
Norvic Hospital
  • सोमबार, ३ असोज, २०७९
  • 2 months ago
  • युके

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिदैँछ । उनको अन्त्यष्टि हालसम्मकै ठुलो अन्त्येष्टि हुने बताइएको छ । 

 

बेलायतकी स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको आज शाही सम्मानका साथ अन्त्येष्टि गरिदैँछ । 

 

बेलायती समय अनुसार सोमबार बिहान ६ः३० बजे सर्वसाधारणले रानीलाई अन्तिम श्रद्धाञ्जली दिनेछन् । 

 

अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्ष नेता तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ । ती मध्ये करिव पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष व्यक्तिहरू हुनेछन् । 

 

विभिन्न देशबाट आएका पाहुनाहरूको लागि बेलायतका नयाँ राजा चाल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गरेका थिए । विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायत भरी राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो । 

 

विभिन्न देशका पहुनाहरू र बेलायती बासिन्दा सहित लाखौँले गत सातादेखि नै उहाँको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भिड लागेको थियो ।  

 

बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिनेक्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिने भएको छ । 

 

महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने तय भएको छ । शवयात्रामा राजा चाल्र्ससहित राजपरिवारका अन्य सदस्यहरू वरियताक्रम अनुसार लामबद्ध भइ हिँड्नेछन् । 

 

शवयात्राका क्रममा सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउने छन् । त्यसैगरी हाइड पार्कबाट प्रत्येक मिनेटमा तोपको सलामी दिइनेछ र मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ ।

 

शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउसो १ बजे पुग्ने गरी तालिका बताइएको छ । त्यसपछि उनको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधि गराइने छ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन् । 

 

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो । 

 

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायत सहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 6 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 7 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 8 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।