बेलायतबाट लिम्बुवान जागरण

  • बुधबार, ८ फागुन, २०७५
  • 1 year ago
  • युके

बेलायत । बेलायतमा बासोबास गर्दै आएका समुदायहरुको लिम्बुवान नागरिक समाज, यूके स्थापना भएको दशक पुरा गरेको अवसरमा जनजागरण अभियान सुरू गर्ने भएको छ । सन् २०१९ लाई दशक वर्ष घोषणा गर्दै वर्षभरि अभियान सञ्चालन निर्णय गरेको हो ।

 

शनिबार बसेको केन्द्रीय बैठकले नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनलाई सहयोग गर्न ग्राह्यता दिइएको अध्यक्ष छत्र वनेमले बताए । उनले भने, ‘नागरिक स्तरमा लिम्बुवानको आन्दोलनलाई बुझाउन कार्यक्रमहरू आयोजना गर्नेछौँ ।’

 

दशका वर्षको कार्यक्रमको रूपरेखा तयार पार्ने जिम्मा सचिवालयलाई तोकेको छ । समाजले प्रदेश १ को नामाकरणमा लिम्बुवानको पहिचान नछुटाउन मागगर्दै चाँडै नेपाली दूतावासमार्फत प्रदेश सभामा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

 

बैठकले लिम्बुवान क्षेत्रका सामाजिक साँस्कृतिक विषयहरू उपर केन्द्रित भएर बौद्धिक अभियान थाल्न ‘लिम्बुवान नागरिक बहस श्रृङ्खला’ सञ्चालन गर्ने निर्णय गरेको छ । बहस नियमित रूपमा बेलायत र नेपालमा गरिने छ । 

 

लिम्बुवान आन्दोलनमा साँस्कृतिक चेत निर्माण गर्न साहित्यिक प्रकाशन गरिने महासचिव लाहाङ चेम्जोङले बताए । स्रष्टाहरू मार्फत लिम्बुवान आन्दोलनलाई सामाजिकीकरण गर्न २०७६ सालभित्र प्रकाशन गर्ने गरी बैठकले मिडिया संयोजक अमित थेवेलाई जिम्मेवारी दिएको छ ।

 

केन्द्रीय बैठकले दर्जन बढी सल्लाहकारहरू मनोनयन गरेको छ । सल्लाहकारहरूमा निवर्तमान अध्यक्ष नरेन्द्र मावोहाङ, पूर्व अध्यक्ष दिल सम्बाहाम्फे, सिरी साम्यू,  निर्मल पतङ्वा, राजेन्द्र खिम्दिङ, याक्थुङ चुम्लुङ अध्यक्ष तिलविक्रम सम्बाहाम्फे, तेह्रथुम समाज अध्यक्ष डम्मर सिङ्गक, धनकुटा समाज अध्यक्ष पूर्ण फालेच्छुवा, पान्थर समाज अध्यक्ष चन्द्र सुन्दास, ताप्लेजुङ अध्यक्ष बुद्घिमान दर्नाल, धन लिम्बु, दिल पालुङ्वा लगायत छन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 4 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 42 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 1 hour ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।