शान्ति स्थापना र समाज विकास अन्तरक्रिया कार्यक्रम सम्पन्न

युके । अमेरिकाको जर्ज मेसन युनिभर्सिटीबाट पिएचडी डा. धिरेन्द्र नाल्बोसँग युकेको आश्फोर्डबासी नेपालीहरुले आइतबार ‘शान्ति स्थापना र समाज विकास’ को विषयमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् । 

 

तीनवटा संस्थाहरु लिम्बुवान नागरिक समाज युके, किराँत याक्थुङ चुम्लुङ आश्फोर्ड साखा र सगरमाथा नेपाली गोर्खा समाज आश्फोर्डको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा डा. नाल्बोले समाजको विकास गर्दा समाजको सामाजिक स्थिति खल्बलिनु नहुने बताएका छन् ।

 

समाजमा शान्ति स्थापना गर्नु र समाजको विकास गर्नु यी दुई विषयहरु आपसमा जटिल र महत्त्वपूर्ण सम्बन्धमा रहेका हुन्छन् भन्दै एडिबिले विकासको कार्यक्रमहरु लन्च गर्दा हुनेगरेका सारोगारो र त्रुटीहरुलाई छलफलमा ल्याए  

 

नेपालमा नेकपाको दुईतिहाईको सरकार स्थापना भएपछि के अब शान्ती स्थापना भएको हो भन्ने एक प्रश्नमा नाल्बोले भने यो नेगेटिभ शान्ति हो ।

 

कुनैपनि बेला विद्रोह भड्किन सक्ने खालको शाीन्त हो किनकी संविधान निर्माण गर्दा नै त्रुटीभएको औल्याए । जनतासँग सोध्ने नक्कल गरेर तीनजना सिर्सनेताहरुले आफुखुशी संविधान निर्माण गरेको हुनाले शान्ति स्थापना नभएको बताए ।

 

बर्माको कोचिन जाति, बर्मामा रहेका नेपाली समाज, सैनिक शासन र प्रजातन्त्र स्थापना भएपछिको परिस्थितिको लामो अनुसन्धान गरेका नाल्बोले विकाससँग सस्कृतिक पहिचानको महत्त्वपूर्ण सम्बन्ध रहने बताए ।

 

जनताको अधिकार हनन् गरेर गरिने विकासले स्थायी शान्ति स्थापना नहुने दाबी गरे ।

 

प्रसंगमा बर्मामा जातिकोको नाममा सातवटा प्रदेशहरु भएको सुनाए । 

 

तेह्रथुम समाजका अध्यक्ष डम्बर सिङ्घक, ताप्लेजुङ समाजका अध्यक्ष बुद्धिमान दर्नाल, आदिवासी जनजाति महासंघ युकेका पूर्व अध्यक्ष सिरी साम्यु, विश्व नेपाली साहित्य महासंघका पूर्व अध्यक्ष विश्वासदीप तिगेला, प्रवासी नेपाली साहित्य संघका अध्यक्ष जितेन्द्र चेम्जोङ, लिम्बु पत्रकार सघ युकेका सचिव सिर्जना निङ्लेकु, लेखक तथा विश्लेषक विजय लुम्फुङ्वा लगायत दर्जनजति संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको अन्तरक्रियालाई सगरमाथा नेपाली–गोर्खा समाज आश्फोर्डका अध्यक्ष चक्र साम्पाङ राईले अध्यक्षता र लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेमले सहजिकरण गरी सम्पन्न भएको कार्यक्रमको स्वागत तथा धन्यबाद मन्तव्य अर्को आयोजक संस्था किरात याक्थुङ चुम्लुङ आश्फोर्ड साखाका अध्यक्ष टङ्क येङ्देनले राखेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

  • 7 minutes ago
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित १ वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

  • 11 minutes ago
लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

काठमाडौँ । कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितले आफ्नो उपचार सहित अन्य खर्च सबै आफैंले बहोर्नुपर्ने सरकारको निर्णय गरेको थियो । उक्त निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइराख

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

  • 24 minutes ago
दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।