युक्रेन बर्बाद हुनुको कारण अमेरिका लगायत अन्य पश्चिमा देशहरु !
- मंगलबार, १० माघ, २०७९
- 2 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । युद्धमा लगभग पुरै ध्वस्त भइसकेको युक्रेनको यो नियति विना कारण भएको छैन । रुसका अनुसार युक्रेन बर्बाद हुनुको कारण अमेरिका लगायत अन्य पश्चिमा देशहरु रहेका छन् । युक्रेनले पुटिनसँग वार्ता गरेर समस्या समाधान गर्न नचाहेको रुसका अधिकारीहरुको आरोप रहेको छ ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भने,‘रुसले युक्रेनसँग युद्धको प्रारम्भमा वार्ता गर्न चाहेको थियो तर अमेरिका र अन्य पश्चिमी देशहरूले कीभलाई त्यसो नगर्न सल्लाह दिएका थिए।’
दक्षिण अफ्रिकाको भ्रमणमा रहेका लाभरोभको यो टिप्पणी गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको टिप्पणीसँग मिल्दोजुल्दो छ ।
पुटिनले रुसले वार्ता गर्न चाहेको तर युक्रेनका पश्चिमी सहयोगीहरूले त्यसो हुन नदिने बताए । अमेरिका र अन्य पश्चिमी देशहरूले रुस युद्ध अन्त्य गर्न वार्ता गर्न गम्भीर नभएको बताए।
रुस–युक्रेन युद्ध फेब्रुअरीमा एक वर्ष पुरानो हुनेछ। लाभरोभले भने,‘यो सबैलाई थाहा छ कि हामीले सैन्य अपरेशनको सुरुमा वार्ता गर्ने युक्रेनी पक्षको प्रस्तावलाई समर्थन गरेका थियौं र मार्चको अन्त्यसम्ममा दुई प्रतिनिधिमण्डलले द्वन्द्व अन्त्य गर्ने सैद्धान्तिक सहमतिमा पुगेका थिए।’
उनले भने, ‘अमेरिकी, बेलायती र केही युरोपेली साथीहरूले युक्रेनलाई सम्झौता हतारमा नगर्न र करिब करिब सकिएको सम्झौतामा युक्रेनी प्रशासन अघि नबढेको कुरा सर्वविदित र सार्वजनिक रूपमा प्रकाशित छ ।’
करिब ११ महिनादेखि चलिरहेको भीषण युद्धमा युक्रेन पूर्ण रुपमा ध्वस्त भएको छ । यसका सबै प्रमुख सहरहरू भग्नावशेषमा परिणत भएका छन्। सुन्दर र अग्लो भवनहरू बम र मिसाइलले ध्वस्त पारिएका छन्। युक्रेनको सडकमा मृत्यु र आतंकको सन्नाटा छ। द्वन्द्वका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
दिनरात हवाई हमलाको साइरन र क्षेप्यास्त्र र बमको विस्फोटको डरले डराएर बाँच्ने जीवन बनेको छ । युक्रेनसहित रुसका हजारौं सैनिक युद्धमा मारिएका छन् । क्षेप्यास्त्र, बम र रकेट र तोपको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएका छन् र अपाङ्ग पनि भएका छन् । तर, युद्ध अझै टुंगिएको छैन।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला
- 32 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 1 hour ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 1 hour ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।