अमेरिकाले अब यो छोटो दूरीको खतरनाक मिसाइल युक्रेनमा पठाउने, पुटिन आक्रोशित
- बिहीबार, १९ माघ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । अमेरिकाले रुसविरुद्धको युद्धमा बलियो लड्न युक्रेनलाई छोटो दुरीका खतरनाक क्षेप्यास्त्र दिने घोषणा गरेको छ । जसका कारण रुसी राष्ट्रपति पुटिन अमेरिकाप्रति आक्रोशित भएका छन् ।
अमेरिकाको बोइङले डिजाइन गरेको रकेटमा फोल्ड आउट पखेटा छ र यसले ३ फिट चौडासम्म लक्ष्यमा प्रहार गर्न सक्छ ।
वासिङ्टनले युक्रेनमा मिसाइल पठाउने तयारी गरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
यसबाट युक्रेनले रुसको कब्जामा रहेका सबै क्षेत्रमा सजिलै आक्रमण गर्न सक्नेछ । जसका कारण रुसी सेनालाई ठूलो क्षति हुने सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
अमेरिकाको यो क्षेप्यास्त्रले कब्जा गरेको क्षेत्रलाई रुसी सैनिक छोडेर भाग्न बाध्य हुन सक्ने, अन्यथा उनीहरुले ज्यान गुमाउन सक्ने बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 23 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 27 minutes ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु
- 33 minutes ago

एजेन्सी । उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।