Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थतेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट निजी क्षेत्र उत्साहित

तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट निजी क्षेत्र उत्साहित


काठमाडौँ । दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रूपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ ।

तेस्रो लगानी सम्मेलनमा झन्डै नौ अर्ब रुपैयाँभन्दा बढीको लगानी स्वीकृतसमेत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठूलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब देशको आर्थिक गतिविधि चलायमान बनाउनसमेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा गरेको छ ।

सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरेअनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनका लागि केही कानुनहरू संशोधनसमेत गरेकाले थप आशा जागेको उनीहरूको भनाइ छ । सरकारले लगानी सम्मेलनमा आएका प्रतिबद्धतालाई सदुपयोग गर्नेगरी आउने दिनमा काम गर्नुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सह–आयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताए । उनले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानुनहरूलाई संशोधन गरेकाले लगानीको प्रतिबद्धता जनाउन लगानीकर्तालाई सहज भएको बताए । सरकारको मात्रै नभएर सरकारबाहिरका राजनीतिक दलहरूको समेत आर्थिक एजेन्डा र लगानी बढाउने कुराहरूमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको अध्यक्ष ढकालको भनाइ छ ।

यस्तै महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले नेपालमा भएका स्रोतहरूलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT