पोखरा अल्ट्रालाइटले विशेष सहुलियत दिएर शुरु ग¥यो उडान

प्रतिकात्मक तस्बिर

पोखरा । कोभिड–१९ को कारण चैत महिनादेखि बन्द रहेको अल्ट्रालाइड कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ । 

 

साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहानेहरुका लागि पोखरा अल्ट्रालाइटले विशेष सहुलियतमा उडान शुरु गरेको हो । 

 

पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन विशेष छुटमा अल्ट्रालाइट आठ महिनापछि सञ्चालन गरेको जानकारी दिए । “कात्तिक २६ गतेदेखि पोखरा विमानस्थलबाट उडान शुरु गरेकामा अहिले दैनिक चार उडान भइरहेको छ, स्वास्थ्य सतर्कतासहितका मापदण्डमा विशेष ध्यान दिएका छौँ”, उनले भने । 

 

उनले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरेको बताए । उनका अनुसार, अहिले पाँच हजार ५०० मा अल्ट्रालाइट उडानको आनन्द लिन सकिनेछ । उनले विशेष छुट दिन थालेपछि पोखराबाहेकका जिल्लाबाट समेत सोधपुछ र बुक गर्न थालेको बताए । 

 

पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकूल मौसमका कारण जो कोहीका लागि रोजाइको शहर हो । कोभिड–१९ को जोखिमबीच पनि साहसिक खेल पारखीहरु पोखरामा झुम्न थालेका छन् । प्याराग्लाइडिङ कम्पनीहरुले साबिक दरमा आधा छुट दिएर उडान गरेपछि अहिले पोखरामा प्याराग्लाडिङ गर्नेको घुइँचो लाग्न थालेको छ ।   

 

केही दिनअघि मात्र अल्ट्रालाइटबाट पोखराको आकाशमा उड्नुभएका गल्फ इन्नोभेशन ग्रुप पोखरा शाखाका प्रबन्धक सुजन श्रेष्ठले खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द लागेको बताए । धेरै पहिलेदेखि उड्ने रहर थियो, कोभिड–१९ का कारणले रोकिएको इच्छा यसैबीच नै पूरा भयो । साहसिक खेलमा रुचि राख्ने श्रेष्ठले यसअघि बञ्जी जम्प, प्याराग्लाइडिङ, जीप फ्लायर, स्विङ, ¥याफ्टिङ गरिसकेको र अरूभन्दा अल्ट्रालाइट अझ विशेष लागेको अनुभव सुनाए । “अरूभन्दा यसमा बेग्लै अनुभूति भयो, अल्ट्रालाइट तलमाथि गरिहँदा अलिअलि डर र त्यही डर भित्रको अर्को आनन्दले मज्जा लाग्यो,   यतिबेला पोखराको मौसम निकै खुलेकाले पनि हिमशृङ्खला र फेवातालका दृश्यलाई निकै नजीकबाट अवलोकन गर्न पाइने उनको भनाइ छ । 

 

माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिकरुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको शहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेली एयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइटले मात्र उडान शुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित छ । 

 

गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० वटा नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहसिक पर्यटकीय गन्तव्यहरूलाई समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा उद्योगमन्त्री विकास लम्सालले पोखरा साहसिक खेलको हब भएको बताउनुभयो । यसको प्रचारप्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेको सन्दर्भमा हाल विश्वव्यापी रुपमा देखिएको कोरानो भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको उहाँको भनाइ छ । 

 

“हामी विशेष योजनासहित नेपाल भ्रमण वर्ष २०२०  र गण्डकी प्रदेशको छिमेकी भ्रमण वर्षलाई भव्य बनाउने तयारीका साथ अघि बढेका थियौँ । अचानक कोभिड–१९ को प्रकोपबाट हामी सचेत बन्नुपर्ने अवस्थाले हाल पर्यटन प्रवद्र्धनात्मक गतिविधि रोकेका छौँ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 1 hour ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 1 hour ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।

महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

  • 2 hours ago
महेन्द्रनगरमा युवक मृतावस्थामा फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।