माओवादीका केन्द्रीय सदस्य डंगोल १५० जना अगुवा कार्यकर्तासहित एमाले प्रवेश

Global IME
Mega Bank
Norvic Hospital

ललितपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगोल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) ललितपुरद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरे । 

 

अध्यक्ष केपी शर्मा ओलीले डंगोलसहित माओवादी र नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गरेकाहरुलाई माला लगाई स्वागत गरे ।

 

डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार माओवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईं एमाले प्रवेश गरे । 

 

यसैगरी गत स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं २० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन, वडा नं १६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य पनि एमालेमा प्रवेश गरेका छन् । 

 

कार्यक्रममा माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी, वडा कमिटी अध्यक्षहरूसहित ३० जना एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरू नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य पनि एमालेमा प्रवेश गरेका छन् ।

 

उनीहरूसँगै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका माओवादी केन्द्र तथा नेपाली काँग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता एमालेमा समाहित भएको नेकपा (एमाले) ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए । 

 

कार्यक्रममा सम्बोधन गर्दै नवप्रवेशी सरोज डंगोलले नेकपा (एमाले) कम्युनिष्टको प्रमुख नेतृत्वकर्ता भएकाले एमालेलाई देशको मुख्य शक्ति बनाउनुपर्नेमा जोड दिए । उनले कम्युनिष्टको किल्ला ललितपुरमा एमालेलाई बलियो शक्ति बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

 

ललितपुर महानगरका उपप्रमुख पदका प्रत्याक्षी तथा नवप्रवेशी बाबुराजा बज्राचार्यले आफू सधै कम्युनिष्टको एकतामा प्रतिवद्ध रहेकाले नेकपाकै निरन्तरताको रूपमा एमाले प्रवेश गरेको बताए । 

 

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा सम्पन्न उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य, नेकपा एमाले पोलिटव्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, निवर्तमान संघीय सांसद नवराज सिलवाललगायतले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 14 minutes ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।

'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

  • 57 minutes ago
'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राजमार्गमा गुणस्तरीय शौचालय बनाउने जानकारी दिएका छन् ।

धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

  • 1 hour ago
धनराज गुरुङलाई बधाई दिदैँ पद्मा अर्यालले भनिन्ः स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन्

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित भएपछि नेकपा एमाले नेता पद्मा अर्यालले बधाई र प्रतिक्रिया दिएकी छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।