आर्थिक सहयोगका लागि विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष हारगुहार
- बिहीबार, ११ बैशाख, २०७७
- 2 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।
संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।”
इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।”
गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ ।
कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्र मल्लको कमब्याक
- 2 minutes ago

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 1 hour ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 1 hour ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।