कश्मीरमा युएनले के गर्न सक्छ ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । भारत र पाकिस्तानबीच संघर्ष बढ्ने निश्चित देखिएदै आएको छ ।  गभर्नर जनरल लॉर्ड माउण्टबेटनको सल्लाहमा जवाहर लाल नेहरू एक जनवरी सन् १९४८ मा को यो मुद्धा संयुक्त राष्ट्रमा लगेका थिए । 

 

केही भारतीय विशेषज्ञहरुले यो नेहरूको एेतिहासिक भूल भएको बताएका थिए । राधा कुमारले पनि यसलाई गलत कदम मानेकी थिइन् । 

 

उनले भनेकी थिइन्,‘संयुक्त राष्ट्रमा जानु गलत निर्णय थियो । त्यस समय संयुक्त राष्ट्रको भर्खर सुरुवात मात्र भएको थियो । संयुक्त राष्ट्रको स्थापना र यसले ल्याउने प्रभावलाई पनि कत्तिकोम महत्व दिने भन्ने कुरा उत्तिकै चर्चामा रहेको थियो । यसले भूराजनीतिक स्थिति र ठुला देशलाई कसरी दबाब दिनसक्छ त्यसबारे पनि छलफल हुँदै थियो ।’

 

संयुक्त राष्ट्रमा सन् १९४८ मा पहिलो पटक कश्मीरलाई लिएर प्रस्ताव आयो । 

 

संयुक्त राष्ट्र सुरक्षा परिषदको सुचीमा भएको प्रस्ताव नम्बर ३८, यसपछि प्रस्ताव ३९, प्रस्ताव ४७ र  प्रस्ताव ५१ आए । 

 

प्रस्ताव ३८ मा यी दुई देशका कारण कश्मीरको समस्या थप नबिग्रियोस् । 

 

यस प्रस्तावलाई लिएर सुरक्षा परिषदका अध्यक्षसँग भारत र पाकिस्तानका प्रतिनिधिहरुले छलफल गरेका थिए । 

 

प्रस्ताव ३९ मा सुरक्षा परिषदले एक तीन सदस्यीय आयोग बनाउने निर्णय गरेको थियो । 

 

२१ अप्रिल सन् १९४८ मा कश्मीरमा दुई देशबीच जनमत संग्रह गर्ने सहमतिमा हस्ताक्षर बन्यो । 

 

उक्त याचिकामा १० लाखभन्दा बढीको हस्ताक्षर रहेको थियो । 

 

संयुक्त राष्ट्र संघका पहिलो महासचिव ट्रेग्वे ली र इनामुल्लाह खानबीच उक्त याचिकामा कश्मीरमा जनमत संग्रह गराउने कुरामा छलफल भएको थियो । 

 

उक्त सहमति पछि भारतले पाकिस्तानका लडाकुहरुले कश्मीर छोड्नु पर्ने सर्त राखे । यही विषयलाई लिएर दुई देशबीच पुनः विवाद चल्यो । 

 

पाकिस्तान र भारत दुवैका सैनिकहरु नहट्ने भएपछि जनमत संग्रह पनि नहुने देखियो । 

 

भारतले एकतर्फी रुपमा संयुक्त राष्ट्र र पाकिस्तानलाई यो आरोप लगायो । 

 

तर, भारत–पाकिस्तानबीच सन् १९७१ मा भएको युद्ध पश्चात सन् १९७२ मा भएको शिमला समझौत अनुसार  दुई देश आपसी छलफल अनुसार सहमति निकाल्ने निर्णय गरे । 

 

त्यसपछि बारम्बार कश्मीरमा रगतको खोला बग्यो । तर, यी दुई देशका नेताहरुले भने कश्मीरका जनता के चाहन्छन् त्यसबारे भने बोल्न चाहेनन् । युएनले पनि खासै चासो नदेखाएको सुरक्षा विद्हरुले बताएका छन् । केही समय अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले आफु मध्यस्ताकर्ता बन्न तयार रहेको बताएपछि भारतले अनुच्छेद ३७० हटाउँदै जम्मु कश्मीरमा केन्द्र शासित क्षेत्र घोषणा गरेको थियो । 

 

हालसम्म पनि जम्मु कश्मीरमा युएनको भुमिकालाई लिएर प्रश्न खडा हूँदै आइरहेको छ । युएनले बोल्न नसक्दा कश्मीरमा ७० वर्षदेखि रगको खोला बगेको विश्लेषकहरु बताउँदै आइरहेका छन् ।  

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

  • 5 hours ago
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्काला

कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

  • 6 hours ago
कतार विश्वकपः कोस्टारिकाले जापानलाई हरायो

कतारमा जारी फिफा विश्वकप फुटबलको समूह ‘ई’ अन्तर्गतको खेलमा कोस्टारिकाले पहिलो जित निकालेको छ । अहमद बिन अली स्टेडियममा भर्खरै सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको ह

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

  • 6 hours ago
निगमको न्यारोबडी जहाज ग्राउन्डेड

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जना



पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।