कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

 

महासचिव गुटर्रेसले विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० लाई पनि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेसँगै महासचिव गुटर्रेसले उक्त संगठनलाई सहयोग गर्न बारम्बार आग्रह गर्दै आएका छन् ।

 

मंगलबार उहाँले एक सञ्चारमाध्यमको अन्तर्वार्तामा कोरोना भाइरस ९कोभिड १९० को महामारी चलिरहेको अवस्थामा डब्ल्यूएचओको भूमिका निकै महत्वपूर्ण हुने पनि बताउनुभएको छ । विश्व अहिले महामारीमा रहेको अवस्थामा संयुक्त राष्ट्रसंघले यसका सबै निकायहरुमार्फत यो महामारीको रोकथाम र नियन्त्रणका लागि काम गरिहेको र डब्लुएचओले पनि यसमा काम गरिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन र अरु निकायहरुले पनि यस महामारीका विरुद्धमा जारी राखेका प्रयासमा सघाउ पु¥याउनु विश्व समुदायको दायित्व भएको पनि उनको भनाइ छ ।

 

कुनै पनि महामारी कसरी उत्पन्न भयो र त्यसको सामना कसरी गर्ने भन्ने विषयमा अनुसन्धान गर्न समय लाग्ने भन्दै गुटर्रेसले संयुक्त राष्ट्रीय प्रणाली पनि त्यसमा कार्यरत रहेको बताए । उनले अहिले महामारी रोक्न अन्तर्राष्ट्रिय समुदायको बीचमा एकता जरुरी रहेको भन्दै उनले सहयोगका लागि यो अपिल गरेका हुन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

  • 2 minutes ago
‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

बर्दिया । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसकेका छन् । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश ग

‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

  • 11 minutes ago
‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

तनहुँ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।

कहाँ गए काठमाडौँ र ललितपुरका ५ सय जना कोरोना संक्रमित ?

  • 12 minutes ago
कहाँ गए काठमाडौँ र ललितपुरका ५ सय जना कोरोना संक्रमित ?

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको ‘हटस्पट’ बनिरहेको काठमाडौँ उपत्यकाबाट ५ सय जना संक्रमित सम्पर्कविहीन भएका छन् । काठमाडौँ तथा ललितपुर जिल्लाका उक्त संक्रमितहरुले दिएको ठेगानामा सम्पर्क हुन नसकेपछि उपत



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।