दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन – राष्ट्रसङ्घ
- आइतबार, ७ असोज, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

पेरिस । विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् ।
अर्बुध रोग, मुटुरोग, मधुमेह र जटिल किसिमका श्वासप्रश्वास रोगहरुबाट सन् २०१६ मा मात्र ३० देखि ७० वर्ष उमेरका एक करोड २५ लाख जनाको मृत्यु भएको थियो ।
“धेरै प्रतिबद्धता व्यक्त गरिए, तर अधिकांश मुलुकले त्यो लक्ष्य पूरा गर्ने छाँट देखिँदैन,” पब्लिक हेल्थ स्कुल लन्डनका प्राध्यापक एवं अनुसन्धानका मुख्य लेखक माजिद इज्जाटीले बताए ।
सन् २०१५ मा जारी राष्ट्रसङ्घीय दिगो विकासको लक्ष्य ३।४ पूरा गर्नेतर्फ सही मार्गमा रहेका मुलुकहरु केबल ३५ वटा छन् ।
“विदेशी दाता र सरकारहरुले नसर्ने रोगहरुबाट हुने मृत्युलाई न्यून गर्नेतर्फ ज्यादै कम मात्र ध्यान दिएका छन्,” इज्जाटीले भने । “तैपनि राम्रो समाचार के छ भने अधिकांश मुलुकहरु कमसेकम सही दिशातर्फ अग्रसर भइरहेका छन् ।”
तर करिब २० वटा मुलुक ज्यादै पछि परेका छन् वा अरु खस्केको अवस्थामा छन् ।
धनी राष्ट्रले पनि राम्रो गर्न सकेका छैनन् । संयुक्तराज्य अमेरिकाको नसर्ने रोगको उपचारमा पर्याप्त प्रगति हुन सकेको छैन ।
गत वर्ष निकै चर्चामा रहेको अमेरिकन जर्नल अफ पब्लिक हेल्थले अल्पायूमै हुने मृत्यु खासगरी गोरा, ग्रामीण क्षेत्रका अमेरिकीमा बढी देखिएको उल्लेख गरेको थियो । “कमजोर जनस्वास्थ्य, कमजोर स्वास्थ्य स्याहार प्रणाली, उच्च असमानताले समस्यालाई अझ विकराल बनाउँछ,” इज्जाटीले भन्नुभयो ।
विश्वमा हरेक वर्ष नसर्ने किसिमका रोगबाट सबै उमेर समूहका चार करोडभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ । मृत्यु हुने दश जनामध्ये सात जनाको मृत्युको कारण नै यिनै नसर्ने रोगहरु हुन् ।
यीमध्ये पनि करिब एक करोड ७० लाखको मृत्यु “अल्पायू”मा हुने गर्दछ, अर्थात् ७० वर्ष पुग्नुअगावै । “हामीहरु निद्रामै हिँडिरहेका छौं, र नसर्ने रोगका सम्बन्धमा खासै प्रगति हुन सकेको छैन,” एनसीडी एलायन्सकी क्याटी डेनले बताए ।
न्यूयोर्कमा अर्को साता हुन लागेको राष्ट्रसङ्घीय उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा ल्यान्सेटमा प्रकाशित “एनसीडी काउन्टडाउन २०३०” प्रतिवेदनले सरकार र दातृ निकायहरुलाई जवाफदेही बनाउन मद्दत गर्ने क्याटीले जानकारी दिए ।
इज्जाटीले राष्ट्रसङ्घीय लक्ष्य नै ज्यादै बढी राखिएको भन्ने भनाइ अस्वीकार गरे । उनले भने, “विश्वका ३० वटा मुलुक त सही मार्गमा छन्, र अर्को ४० वा ५० वटा मुलुक लक्ष्यको निकै नजिक छन् ।”
न्यून रक्तचाप, राम्रो स्वास्थ्य उपचार सेवा, असमानताको स्तरमा न्यूनता, सूर्ती सेवनमा कमी जस्ता केही सूचकमा राष्ट्रसङ्घीय लक्ष्य अनुरुप मुलुकहरुले पर्याप्त काम गर्न नसकेको अवस्थामा नसर्ने रोगबाट हुने मृत्युमा कमी ल्याउन कठिन हुन्छ, उनले भने ।
चारवटा मुलुकहरु –– दक्षिण कोरिया जापान, स्वीट्जरल्यान्ड र अस्ट्रेलिया –– ले मात्र पुरुष र महिला दुबैमा एनसीडी (नसर्ने रोग) मृत्युदरमा सबैभन्दा कमी ल्याएका छन् ।
स्पेन, सिंगापुर, पोर्चुगल, इटाली, फिनल्यान्ड र फ्रान्सले महिलाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएका छन् । पुरुषहरुका हकमा भने आइसल्यान्ड, स्वीडेन, नर्वे, बहराइन, क्यानडा र न्यूजील्यान्डले राम्रो प्रगति गरेका छन् । संयुक्तराज्य अमेरिका पुरुषतर्फ ५३औं र महिलातर्फ ४४औं स्थानमा छ । चीनमा महिला र पुरुष क्रमशः ८०औं र ७६औं स्थानमा छन् ।
चीनले लक्ष्य भेट्टाउने सम्भावना देखिन्न तर यसको एनसीडी दरमा कमी आइरहेको छ । तथापी, चीनमा मोटोपना र उच्च रक्तचापको अवस्थामा उच्च वृद्धि हुन थालेको अध्ययनले देखाएको छ ।
चीनमा सूर्ती सेवनमा विगतको तुलनामा वृद्धि भएको छैन । चीनमा हरेक वर्ष सूर्ती सेवनकै कारण १० लाखभन्दा बढीको ज्यान गइरहेको छ । “चीनमा मदिरा र सूर्ती उद्योगहरु सरकारी नियन्त्रणमा रहेकाले यी दुबैको उत्पादन र वितरणमा नियन्त्रणात्मक उपाय अवलम्बन गरेमा चीनले जनस्वास्थ्यका क्षेत्रमा ठूलो फड्को मार्न सक्दछ,” इज्जाटीले भने ।
उप–सहारा अफ्रिकी मुलुकहरुमा नसर्ने रोगहरुबाट मृत्यु हुनेको संख्या कमै देखिएको छ । तर यहाँ एड्स र क्षयरोगजस्ता सङ्क्रामक रोगले धेरैको ज्यान लिने गरेको छ ।
इज्जाटीले भने, “हामीले दातृ निकायलाई भन्नुपर्ने एउटै कुरा छः एउटा एउटा रोगमा केन्द्रित हुने होइन समग्र स्वास्थ्य प्रणालीमा ध्यान दिनुहोस् ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 41 minutes ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 54 minutes ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
- 1 hour ago

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।