यस्तो चेपुवामा परेपछि उपेन्द्रको सत्तारोहण
- शुक्रबार, २५ जेष्ठ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । सरकारमा नजाँदा दुई नम्बर प्रदेश र सिंगो तराईमा कमजोर भइने र जाँदा तराईबासीलाई धोका दिएको ठहरिने भएपछि संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव अप्ठेरोमा पर्नुभएको थियो ।
लामो समय सत्तामा नबसी आन्दोलनकारी र बिद्रोही चरित्र देखाउँदै आउनुभएका उहाँ जसलाई तराईविरोधी आरोप लगाउँथे – उसैको नेतृत्वको सरकारमा जानुभयो । कुनैबेला केपी ओलीसँग शीतयुद्ध नै गर्नुभएका उपेन्द्र यादवले सरकारमा गएर। आत्मसमर्पणको शैलीसमेत देखाए । ओलीले पनि उपेन्द्रदाई ल्याउन आफ्नो वचन नाघेर उपप्रधानमन्त्री पद सृजना गरेर शपथ खुवाउनुभयो ।
उपेन्द्र सरकारमा जानुभन्दा अघि राजपा नेता राजेन्द्र महत्तो सरकारमा जाने चर्चामा थियो । महत्तोलाई स्वास्थ्यमन्त्री दिएर सरकारमा ल्याउने अन्तिम तयारी भइसकेको थियो । तर, उपेन्द्रले सरकारमा जाने हतार गर्नुभयो । दुई नम्बर प्रदेशमा फोरमाले मुख्यमन्त्री बनाएका मोहम्मद लालबाबु राउद विवादमा तानिनु, राजपाले राउतलाई हटाएर आफ्नो प्रदेशसभा सदस्यबाट मुख्यमन्त्री बनाउन नेकपासँग गठबन्धन गर्ने अवस्था आइसकेको थियो । राउद भारतीय प्रधानमन्त्री नेपाल आउँदा विवादास्पद अभिव्यक्तिका कारण दवावमा हुनुहुन्थ्यो । उहाँलाई हटाउन पहल भइरहँदा उपेन्द्रले प्रदेशमा मुख्यमन्त्री पदमात्र बचाउनुभएन – केन्द्रमा समेत मन्त्री पाउनुभयो । आजको विमर्श साप्ताहिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 5 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 36 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।