संविधानको व्यवस्थाप्रति असन्तुष्ट कानुनमन्त्री भन्छन् : प्रणालीमा सुधारको आवश्यकता छ
- शुक्रबार, १३ मंसिर, २०७६
- 3 years ago
- राजनीति

काठमाडौँ । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजनीतिक व्यक्तिले कार्यपालिका र न्यायपालिका दुवैको अधिकार प्रयोग गर्नु सरासर गलत हुने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक निरुपणको अधिकार दिइएकोमा असन्तुष्टि जनाए । राजनीतिक व्यक्तिलाई कानुनी अधिकार दिएपछि स्वतन्त्र न्याय प्रणालीमै प्रश्न उठ्ने उनको दाबी थियो ।
‘संविधानमै भएको व्यवस्थाबारे मैले बोल्दैमा मात्रै केही हुँदैन तर प्रणालीमा सुधारको आवश्यकता छ’, मन्त्री यादवले भने, ‘गाउँपालकिाको उपप्रमुखलाई किन कानुनी अधिकार दिइयो रु’
कार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित नहुने बताउँदै उनले त्यस्तो काम गर्नलाई प्रारम्भिक जिल्ला अदालत रहेको स्मरण गराए ।
स्वास्थ्यबाट कानुनमा सरुवा भएपछि पहिलो पटक पत्रकारहरुसामू प्रस्तुत हुँदै यादवले न्यायमा सहजरुपमा कसरी बनाउने भन्नेमा आफ्नो चिन्ता रहेको उल्लेख गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 4 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 7 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 25 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।