अमेरिकाले लगायो इरान विरुद्ध नयाँ प्रतिबन्ध

एजेन्सी ।  संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो । 

 

इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्धहरु लगाउने सम्बन्धी एक कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको सिएनएनले जनाएको छ । 

 

कार्यकारी आदेशमा हस्ताक्षर गरेलगत्तै जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पले भनेका छन्, “मेरो आदेशले इरानी सत्ता र इरान विरुद्ध उभिन अस्वीकार गर्ने अन्तर्राष्ट्रिय समुदायका लागि स्पष्ट सन्देश दिएको छ । मेरो प्रशासनले इरानलाई आणविक, ब्यालिस्टिक क्षेप्यास्त्र र परम्परागत घातक हातहतियारको निर्माण रोक्न हरसम्भव प्रयत्न गर्नेछ ।” 

 

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले जारी गरेको अर्को वक्तव्यमा इरान विरुद्ध हतियार आपूर्ति रोक्ने राष्ट्रसंघीय प्रतिबन्धहरु अब अनिश्चितकालसम्म जारी रहने दाबी गरेका छन् । उनले इरानले आफ्नो व्यवहारमा परिवर्तन नल्याउँदासम्म यी प्रतिबन्धहरु लागू भइरहने बताए ।

 

विदेश मन्त्री पोम्पेओले प्रतिबन्ध उल्लंघन गर्ने विरुद्ध जवाफदेही बनाइने पनि बताएका छन् । 

 

राष्ट्रसंघ सुरक्षा परिषदमा सहमति नभए पनि संयुक्तराज्य अमेरिकाले एकपक्षीय रुपमा इरान विरुद्ध राष्ट्रसंघीय प्रतिबन्धहरु लागू भएको घोषणा गरेको छ । केही जानकारहरुले इरान विरुद्ध एकपक्षीय प्रतिबन्ध घोषणा गर्ने कानुनी अधिकार अमेरिकासँग नरहेको जिकिर गरेका छन् । 

 

अमेरिकी रक्षामन्त्री मार्क एस्परले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले इरानमाथि थप दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

  • 14 minutes ago
यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ ।

आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

  • 18 minutes ago
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरे

दोहोरो अङ्कले बढ्यो नेप्से

  • 20 minutes ago
दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।