अमेरिकी विदेशमन्त्री आणविक उत्पादन नगर्ने विषयमा किमसँग वार्ता गर्न पुगे उत्तर कोरिया

Global IME
Norvic Hospital

प्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेको समाचार छ । 

 

उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेको प्राप्त समाचारमा जनाइएको छ । 

 

यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् । 

 

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्नेछन् । उनी  सोही विषयमा वार्ताका लागि त्यसतर्फ लागेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । 

 

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग वार्ता गर्नुहुने छ । सो वार्ता शुक्रबार बिहान हुने जनाइएको छ । त्यसपछि उनले यहाँका नेता किम जोङ उनसँग वार्ता गर्ने बताइएको छ । 

 

उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ त्यसतर्फ लाग्नुभएको अधिकारीहरुले जनाएका छन् । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो । 

 

राष्ट्रपति ट्रम्पले त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा गर्नुभएको छ । यस वार्ताका क्रममा उत्तर कोरियाले गरेको निशस्त्रीकरणको प्रतिबद्धता पूरागर्ने अपेक्षा गरिएको ट्रम्पको भनाई छ । 

 

सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा उत्तर कोरियाली नेता किमले अबदेखि आणविक अस्त्र उत्पादन नगर्ने र निशस्त्रीकरणमा लाग्ने बताएका थिए। 

 

कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरणको लागि अमेरिकाले निगरानी गरिरहेको बताइएको छ । विदेशमन्त्री पोम्पेओको नेतृत्वमा शुक्रबार यहाँ आइपुगेका उच्च अधिकारीहरुले यसै विषयमा नेता किमसँग वार्ता गर्ने बताइएको छ । 

 

कतिपय अमेरिकी विज्ञहरुले भने राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिङ्गापुर सम्पन्न वार्ताको बाचा अनुरुप उत्तर कोरियाले काम नगर्ने तर्क गर्ने गर्छन् । 

 

उनीहरुको भनाई छ– कोरियाली प्रायद्वीप पूर्ण रुपमा निशस्त्रीकरण हुन सक्दैन, यो उद्देश्य पूराहुन अझै पनि कैयौँ वर्ष लाग्ने आधारहरु धेरै छन् । 

 

विदेशमन्त्री पोम्पेओ उत्तर कोरियाको भ्रमण सकेर जापान र दक्षिण कोरिया पनि जानुहुने कार्यक्रम रहेको छ । उनले जापान र दक्षिण कोरियाली विदेशमन्त्रीहरुसँग पनि यसै विषयमा भेटवार्ता गर्ने बताइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुनको मूल्य बढ्यो

  • 12 minutes ago
सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

  • 18 minutes ago
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 38 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।