कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा
- बिहीबार, १८ मंसिर, २०७७
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।
कोरोना भ्याक्सिनभन्दा २२ वर्ष अघि पनि फाइजर कम्पनीले अनजानमै भियग्रा पत्ता लगाएको थियो।
आज विश्वभर भियग्रा प्रयोग गर्नेको ठुलो संख्या रहेको छ । इरेक्टाइल डिस्फक्शनबाट पीडित मानिसलाई यो औषधि लाभदायक बन्न सफल भयो । बितेको २२ वर्षमा यो औषधि करोडौँ मानिसहरुले प्रयोग गरिसकेका छन् ।
भियाग्रामा सिल्डेनाफिल भनिने कम्पाउन्ड हुन्छ, जुन उच्च रक्तचाप र छातीमा पीडाको उपचारको लागि बनाइएको थियो । यस कम्पाउन्डले एक विशेष प्रकारको पीडीई ५ रोक्न सक्षम भएको थियो, जसले मुटुको रक्त वाहिका विस्तार गर्न सक्षम थियो र कुनै साइड इफेक्ट प्रकट भएको थिएन।
सन् १९९० को दशकमा यो औषधिको ट्रायल चल्यो । जोन ला मेटिना फाइजर कम्पनीको रिसर्च र डेभलपमेन्ट टीमको प्रमुख रहेका थिए । परीक्षणका दौरान एक नर्सले बिरामीलाई केही असहज महसुस भएको फेला पारिन् । असहज भएका कारण ती बिरामी लज्जाबोध गरिरहेको नर्सले जोनलाई बताइन् । पछि रिसर्च टिमले अध्ययन गर्ने क्रममा छातीको पिडा कम गर्नेभन्दा पनि यो औषधिले नपुसंकता समस्यासँग जुध्न सक्ने निष्कर्ष निकाले ।
सन् १९९८ मा अमेरिकाको एफडीएले इरेक्टाइल डिस्फक्शनका लागि यो औषधि मान्यता दियो । ती नर्सको सतर्कताका कारण भियग्राको खोजी हुनपुग्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)
- 1 hour ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।
खाली पेटमा खान नहुने यी चिजबारे जानौं
- 1 hour ago

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिए
बेलायतले पनि नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने
- 1 hour ago

काठमाडौं । नेपाललाई बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।
पर्यटन
४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।