वास्तबमा ‘भ्यालेन्टाइन डे’ भनेको के हो ? कसरी मनाइन्छ ?

Norvic Hospital

काठमाडौं । फेब्रुअरी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश विश्वभर मनाइन्छ । आज फेब्रुअरी ११ तारिख । प्रणय दिवस आउन तीन दिन मात्र बाँकी रहेको छ । संसारभरी नै यस दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गरिन्छ । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन ‘रोज डे’सँगै सुरु हुन्छ । फेब्रुअरी ७ तारिख बिहीबारका दिन ‘रोज डे’ मनाइएको छ, जहाँ आफ्नो क्रशलाई गुलाबको फूल दिने चलन छ ।

 

‘रोज डे’ पछि ‘प्रपोज डे’ सेलिब्रेट गरिन्छ । प्राय सबैले आफ्नो पार्टनरलाई पूर्ण पर्फेक्ट अन्दाजमा प्रपोज गर्ने गर्ने गरिन्छ । ‘प्रपोज डे’मा सबैले आ आफ्नो भावनाहरुलाई एक अर्काबीच साटासाट गर्ने गरिन्छ । मनको कुरालाई आफ्नो क्रशलाई भन्ने सुवर्ण अवसर ‘प्रपोज डे’लाई मानिन्छ । गत फेब्रुअरी ८ तारिखका दिन ‘प्रपोज डे’ मनाइएको छ ।

 

‘प्रपोज डे’ पछि ‘चोकलेट डे’ मनाइन्छ । यो दिन आफ्नो पार्टनरलाई चकलेट दिने प्रचलन रहेको छ । गत फेब्रुअरी ९ तारिखका दिन ‘चोकलेट डे’ मनाइएको छ ।

‘चोकलेट डे’ पछि गत आइतबार (फेब्रुअरी १० तारिख’ का दिन ‘टेड्डी डे’ मनाइएको छ । 

 

त्यस्तै आज फेबु्रअरी ११ तारिख, सोमबारका दिन ‘प्रोमिश डे’ मनाइदै छ । आजको दिन आफ्नो क्रशलाई विभिन्न वाचाहरु गर्ने गरिन्छ । भोली फेब्रुअरी १२, मंगलबार ‘हग डे’ मनाइन्दैछ । जहाँ एक अर्कालाई हग गर्ने गरिन्छ । 

 

‘हग डे’पछि फेब्रुअरी १३ तारिख, बुधबारका दिन ‘किस डे’ मनाइन्छ । यो दिन युगल जोडीहरुले आ आफ्नो पार्टनरसँग किस गर्ने गरिन्छ ।

 

त्यसपछि फेब्रुअरी १४ तारिख, विहीबारका दिन ‘भ्यालेन्टाइन डे’ मनाइन्छ । यो दिन संसारभरी नै युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् ।

 

तर वास्तबमा यो दिवस किन मनाउन थालिएको हो त ? यस दिवस मनाउनाको ऐतिहासिक कारणबारे चर्चा भने प्रायः कमै मात्र हुने गर्छ ।

 

यो दिन प्रेमका लागि दिइएको बलिदानको निशानी !

 

वास्तबमा ‘भ्यालेन्टाइन डे’ को के महत्व छ ? यो किन मनाउन थालियो ? र यसको ऐतिहासिक पृष्ठभूमी के हो भन्ने हरेक व्यक्तिले जान्नु आवश्यक छ । कुनै पनि व्यक्तिले आफुले मन परेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा ‘विल यु वि माई भ्यालेन्टाइन ?’ भनेर प्रस्ताव राखेको हामीले देख्दै र सुन्दै आएकै कुरा हो । 

 

तर यो वाक्य बोल्ने हरेकले बुझ्न जरुरी कुरा के हो भने ‘भ्यालेन्टाइन’ को अर्थ ‘प्रेमी’  होइन, भ्यालेन्टाइन त एक पादरीको नाम हो । एक प्रेमिल जोडीको यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि दिएको बलिदानको सम्झानामा मनाउँछन्  ।

ईशा पूर्व (इ.पु.) २७० मा रोमन सम्राट क्लडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाह प्रतिबन्ध गरे । यसले गर्दा त्यसबेलाका जवान युवायुवातीहरु निकै दुखी भए ।

 

‘भ्यालेन्टाइन डे’लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । सम्राटको आज्ञाको बिरुद्ध जाने कसैले हिम्मत गरेका थिएनन्, तर सेन्ट भ्यालेन्टाइनले लुकीछिपी युवायुवतीको विवाह गराइदिन थाले किनभने ऊनी सम्राटको निर्णयलाई धर्मविरुद्ध ठान्थे ।

 

सम्राटको आज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमलाई भगवानको प्रसाद ठान्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । 

 

‘भ्यालेन्टाइन डे’ लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । 

 

तर पछिल्लो समय प्रणय दिवसको परिचय नै परिवर्तन भएको छ । प्रणय दिवस भन्नाले साँचो प्रेम प्राप्त गर्नु भन्दा बढी शारीरिक सम्बन्ध स्थापनाको माध्यम बनेको छ । कसैको लागि महङ्गा उपहार प्राप्त गर्ने विशेस अवसर बनेको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

  • 11 minutes ago
आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले आगामी चुनावमा तालमेल गर्ने बताएका छन्। बिहीवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 59 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 1 hour ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।