भ्यालेनटाइन डे नजिकिदै गर्दा थाहा पाउनुहोस के कारणले हुन्छ ब्रेकअप
- आइतबार, २७ माघ, २०७५
- 3 years ago
- जीवनशैली
- विचित्र विश्व

सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् । तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् ।
धेरै यस्ता सम्बन्धहरु टुट्नाका कारणहरु विभिन्न कारण रहेका हुन्छन् । कतिले सम्बन्धलाई धेरै महत्व समेत दिने गर्दैनन् । आउनुहोस् सम्बन्ध टुट्नका मुख्य कारणहरु हेरौ
१. सामाजिक सञ्जालमा राखिने स्टाटस
सामाजिक सञ्जालमा रिलेशनसिपलाई लुकाउने काम गरिन्छ । यसका कारण पनि सम्बन्ध कमजोर हुने गर्छ । एकअर्काप्रति विश्वासको वातावरण बनाउन सानो कुरामा पनि चुक्ने गर्छन् । प्राय धेरैले रिलेसनशिप सिंगल राख्ने कारण पनि सम्बन्धमा दरार आउने गर्छ ।
यस्तो व्यवहारले सम्बन्धमा असमझदारी पैदा हुने र ब्रेकअप हुने गर्छ ।
२. ज्यादा खर्च गर्ने बानी
यो कारण सबैभन्दा धेरै युवतीहरुमा लागु हुने गर्छ । धेरै युवतीहरु पैसा जोगाउने भन्दा पनि पैसा खर्च गर्न ललायित हुन्छन् । तर, केटाहरु यस्ता युवतीहरु खोज्छन् जो पैसा जोगाउन हरसम्भव प्रयास गरुन् । यदी तपाई खर्चिलो स्वभावको हुनुहुन्छ भने ब्रेकअप हुने सम्भावना बढी हुन्छ ।
३. नाकमा औलाले कोट्याउने बानी
सफाइ गर्ने काम धेरैलाई मनपर्छ । तर, केही यस्ता बानीहरु हुन्छ् जो एकअर्का मन नपर्ने हुन्छ । केही केटा तथा केटीहरु नाक औलाले चलाएपछि हात धुनुभन्दा अरुलाई छुने गर्छन् जुन पार्टनरलाई मन नपर्न सक्छ । यस कारण पनि ब्रेकअप हुने गरेको छ ।
४. अल्छी हुनु
ब्रेकअप हुनुको एउटा कारण अल्छी हुनु पनि हो । यो कारण अजिब लाग्न सक्छ तर आफ्नो पार्टनर एक्टिभ भएको जो कोही हेर्न चाहान्छन् । अल्छी भएका कारण झट बोल्ने हुँदा ब्रेकअप हुने सम्भावना पनि उत्तिकै उच्च रहेको हुन्छ ।
५. अजीब तरिकाले खाना खानु
केहीको बानी च्याप–च्याप गरेर खाना खाने बानी हुन्छ । यस्तो आवाज निकालेर खाना खाने बानीलाई प्राय धेरैले रुचाउने गर्दैनन् । यसलाई खराब बानीको संज्ञा दिने गरिन्छ । जसको कारण सम्बन्धमा दुरी बढ्दै जान्छ । यसरी खाने बानीलाई पार्टनरले धेरै दिनसम्म झेलेर बस्न सक्दैनन् ।
६. साथीलाई व्यंग गर्नु
बोली रहँदा कति मानिस ख्याल नै नगरी विभिन्न गाली गलौच गर्ने काम गर्छन् । यसका कारण पार्टनरसँग पनि झगडा हुने सम्भावना बढी हुन्छ । गालीका शब्दहरु प्राय पार्टनरले सुन्न चाहादैनन् । अरुसँगको रिस आफुसँग पोख्ने बानीले पनि सम्बन्ध टुट्ने गर्छ ।
७. पब्लिक प्लेसमा पार्टनरको हात नसमात्नु
सुन्दा अचम्म लाग्न सक्ला तर धेरैले यस कुराको ख्याल गरेर बसेका हुन्छन् । सार्वजनिक स्थलमा हात समात्न लजाउनु, एक्लै छोडेर अर्कैसँग गफ गरेर बस्नु ब्रेकअपका कारण हुन् । यसले पार्टनरको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने गर्छ र ब्रेकअप हुने सम्भावनालाई प्रोत्साहित गर्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सिट बाँडफाँट केही दिनभित्र टुंगिन्छः प्रचण्ड
- 2 hours ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट केही दिनभित्र टुंगिने बताएका छन्। गोरखा संग्रहालयभित्र आज पार्टीले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता गठबन्धनले बन
पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटाइयो
- 3 hours ago
एजेन्सी। पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगा
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर
- 3 hours ago

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि उनको उपचार भेन्टिल
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
घरमा यी संकेत देख्नुभयो भने बुझ्नुहोस् खराब समय चाँडै सुरु हुँदैछ !

एजेन्सी । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा धेरै कुरा भनेका छन् । उनको हरेक कुराले हामी सबैलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्छ। चाणक्यले आफ्नो नीतिशास्त्रमा भनेका छन् कि खराब समय आउनु भन्दा पहिले नै यसका संकेत देखिन्छन् । घरमा वा वरपर घटेका केही घटनाहरूमा ध्यान दियौं भने खराब समय आउने संकेत मिल्छ।
विचित्र विश्व
पुटिन र जेलेन्स्कीबीच बालीमा भेटघाट हुनसक्ने

एजेन्सी । ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवै यस वर्ष बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने योजनामा रहेको बताएका छन्।