२० औं शताब्दीका सर्वाधिक महत्वपूर्ण व्यक्तिहरु

एजेन्सी । विश्वमा हरेक क्षेत्रमा विशिष्ट व्यक्तिहरु रहेका छन्, जसले आफ्नो कार्यक्षमताले विश्वमा छुट्टै प्रभाव पार्न सफल छन् । ती व्यक्तिहरु जसले आफ्नो पहिचान त बनाए नै यसका साथै उनिहरुले हाम्रा लागि पनि थुप्रै कुराहरु दिए । आज ती मुख्य १० व्यक्तिहरुबारे चर्चा गरौं जो २० औं शताब्दीमा सबैभन्दा महत्वपूर्ण व्यक्तित्व भनेर चिनिए । 

 हेन्री फोर्ड 

हेन्री अमेरिकन उद्योगपति हुन्, जो फोर्ड मोटर कम्पनीको संस्थापक हुन् । उनले अटोमोबाइल्सको दुनियाँमा परिवर्तन ल्याए । 

 

मुहम्मद अलि जिन्नाह 

मुहम्मद भारत–पाक उपमहाद्वीपको इतिहासमा सबैभन्दा प्रभावशाली व्यक्ति थिए ।

 

माओ जेडोङ्ग 

चीनियाँ क्रान्तिकारी तथा राजनीतिक सिद्धान्तकार माओत्सेतुङ आफ्नो मृत्युभन्दा अघिसम्म चीनको कम्युनिस्ट पार्टीको अध्यक्षको रुपमा शासन गरे । 

द राइट ब्रदर्श 

 द राइट ब्रदर्श, अरविल र विल्वर दुई अमेरिकन दाजुभाई जसले हवाई जहाजको आविष्कार गरे । 

 

एडोल्फ हिटलर 

अष्ट्रियामा जन्मिएका जर्मन राजनेता तथा नाजी पार्टीका नेता हुन् एडोल्फ हिटलर । उनले विश्वको सबैभन्दा ठूलो युद्धको सुरुवात गरे । द्वितिय विश्वयुद्धमा जर्मनीको नेतृत्व गर्दै पूरा विश्वमै परिवर्तन ल्याए । उनी इतिहासमै सबैभन्दा क्रुर शासकको रुपमा पनि चिनिन्छन् ।

 

विस्टन चर्चील 

उनी ब्रिटिश राजनीतिज्ञ हुन् । चर्चील द्वितिय विश्वयुद्धमा बेलायतको नेतृत्व गरेर चर्चामा रहेका थिए । 

 

फ्र्याङ्कलिन डी रुजवेल्ट 

फ्र्याङ्कलिन अमेरिकाका ३२ औं राष्ट्रपति तथा २० औं शताब्दीको मध्यम समयमा विश्वको घटनाहरुमा एक केन्द्रित व्यक्ति थिए, जसले विश्वभर आर्थिक तनावपूर्ण अवस्थामा हुँदा र युद्धको समयमा पनि अमेरिकाको नेतृत्व गरेका थिए । 

 

महात्मा गान्धी 

महात्मा गान्धी भारतको इतिहासमा सबैभन्दा महत्वपूर्ण राजनीतिक व्यक्ति थिए । भारतीय जनता उनलाई राष्ट्रपिता भन्ने गर्छन् । 

 

नेल्सन मण्डेला 

दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति, रङ्गभेद विरोधी, क्रान्तिकारी तथा राजनीतिज्ञ नेल्सन मन्डेला विश्वमै परिचित व्यक्ति हुन् । उनको मुख्य उद्देश्य रङ्गभेदलाई हटाई नस्लवाद, गरीबी तथा असमानतालाई हटाउनु थियो । 

 

अल्बर्ट आइन्सटाइन

२० औं शताब्दीका सबैभन्दा प्रभावशाली व्यक्ति हुन् आइन्सटाइन । उनलाई आधुनिक भौतिकशास्त्रको पिताको रुपमा चिनिन्छ । उनले ‘थ्योरी अफ रीलाटीभिटी’ को विकास गरे, जसले परमाणु बम निर्माणको ढोका खोलेको थियो । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।