वर्ष दिनभित्रै नेपालमा गाडी उत्पादन सुरू, ४० प्रतिशतसम्म सस्तिने

काठमाडौं । अबको एक वर्ष्भित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो । यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

 

मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’

 

मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट लगाउन अध्ययनः

कम्पनीले आद्योगिक मोतीपुर औद्योगिक क्षेत्रभित्रै प्लान्ट स्थापना गर्न अध्ययन गरिरहेको सिइओ अधिकारीले बताए । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिचान गरेको औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न कम्पनीले अध्ययन गरिरहेको छ ।

 

‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै प्रस्तावमा लगानी बोर्डले सो औद्योगिक क्षेत्र विकासलाई पनि परियोजनाकै सूचीमा राखेको छ,’ उनले भने । कम्पनीले गाडी उत्पादनका लागि ‘ट्याक्स फ्रि’ तथा ‘ट्याक्स होलिडे’ जस्ता सुविधाको व्यवस्था गर्न माग गरिरहेको छ । ‘कम्पनीलाई के–कस्ता छुट तथा सुविधा दिन सकिन्छ भन्नेबारे बोर्ड छलफलकै क्रममा छ,’ उनले भने । 

 

यो समाचार पुष्प कोइरालाले नयाँ पत्रिकामा लेखेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

  • 9 minutes ago
कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । कात्तिक २१ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

  • 16 minutes ago
मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

पर्सा । मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार भएका छन् । विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार ति

डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 39 minutes ago
डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त ब



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।