भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

Global IME
Mega Bank
Norvic Hospital

काराकास। सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेका क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन् । तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ । 

 

यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गर्नुभएको छ । यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ । मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन् । 

 

“उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए । “यहाँ अहिले अराजक परिदृश्य छ ।” 

 

गत शुक्रबार मदुरोले गरेका राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ । यो वृद्धि यसै वर्षको पाँचौं हो । अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ । यसको मुख्य कारण नै बोलिभार (भेनेजुएलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो । 

 

पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए । 

 

तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ । राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन् । 

 

“सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,” सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताए । अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई “झुठको खेती” को संज्ञा दिए । 

 

मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन् । 

 

भेनेजुएलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ । एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुएलाको एक ब्यारेल तेलको मूल्य बराबर हो । नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ । 

 

तर, न्यूनतम ज्याला भने आधा पेट्रो ९१८०० बोलिभार० तोकिएको छ । यो करिब २८ डलर हो । 

 

मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिकेको थियो, तर त्यसले पनि उच्च मुद्रास्फितीलाई रोक्न सकेको थिएन । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।