भिक्टोरियामा थप ११ दिन आपत्कालिन अवस्थाको घोषणा

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप ११ दिन आपत्कालिन अवस्थाको घोषणा भएको छ । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले आपत्कालिन अवस्थाको घोषणा गरेका हुन् ।

 

राज्यमा अझै कोरोनाभाइरसको जोखिम रहेको भन्दै उनले सेप्टेम्बर १३ सम्मको लागि आपत्कालिन अवस्थाको घोषणा गरेका हुन् । यसबारेमा प्रिमियर एन्ड्रिउजले भनेका छन्, ‘हामीले यो अवस्थामा आपत्कालिन अवस्थालाई जारी राख्नको लागि ठिक ठानेका छौं ।’

 

आपत्कालिन अवस्थामा प्रहरीले मेलवर्नमा जारी कर्फु ५ किलोमिटर क्षेत्रसम्म लागू गर्न अनुमति पाउनेछ । 

 

यसअघि थपिएको आपत्कालिन अवस्थाको समयावधि बुधाबार राति ६ बजे सकिँदै थियो । त्यस्तै, प्रिमियर एन्ड्रिजले सेप्टेम्बर १३ बाट आपत्कालिन अवस्थाको अन्त्य हुने बताएका छन् ।

 

बुधबार भिक्टोरियामा थप ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, ६ जनाको मृत्यु पनि भएको छ । यससँगै भिक्टोरियामा कूल मृतकको संख्या ५७६ पुगेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

  • 3 minutes ago
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।

म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

  • 9 minutes ago
म्यानचेस्टर युनाइटेड पुनः लिगको शिर्षस्थानमा उक्लियो

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहमलाई २१ गोलले पराजित गर्न सफल भएको छ । फुलहमको घरेलु मैदानमा भएको खेलमा म्यानुले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।

थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

  • 19 minutes ago
थाहा पाउनुहोस् आज दिनभरको मौसम कस्तो रहन्छ

काठमाडौँ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।