मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ
- सोमबार, ६ आषाढ, २०७९
- 1 week ago
- पर्यटन

तनहुँ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो ।
मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो । यसका लागि उनकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो । “गाउँको विकासका लागि केही गरौं भन्ने भावनासहित विदेशमा रकम सङ्कलन अभियान चलाएको थिएँ, गाउँमा आन्तरिक पर्यटक भित्र्याउने मुख्य लक्ष्य हो”, उनले भने, “ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिका लागि पनि स्तम्भ सहयोगी हुनेछ ।”
कूल रु ३८ लाख चार हजार ९०० को लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मिर्छुलुङ गाउँमा सञ्चालित घरवासको प्रवद्र्धनका लागि स्तम्भले सहयोग पुग्ने विश्वास लिइएको छ । “विगत केही वर्षदेखि यहाँ घरवास सञ्चालनमा छ, तर घरवासको प्रचारप्रसार हुन नसक्दा पर्यटकको चहलपहल हुन सकिरहेको छैन”, उनले भने, “स्तम्भ निर्माणपछि घरवासको पनि प्रवद्र्धन हुनेमा विश्वस्त छौँ ।”
मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण दुई वर्ष घरवास प्रभावित बनेको थियो । अब कोभिडको जोखिम नरहेकाले घरवासमा पर्यटकको चहलपहल हुने अध्यक्ष थापाले बताए ।
दृश्यावलोकन स्तम्भको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले यसले मिर्छुलुङको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । “गाउँमा होमस्टे सञ्चालन छ, होमस्टेमा आउने पर्यटकलाई भ्युटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवद्र्धन हुन्छ”, उनले भने । पर्यटन प्रवद्र्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्युटावर निर्माणको औचित्य रहेको उनले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 11 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 18 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 36 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।