भोट र नोट दुवै माग्दै कन्हैया कुमार
- बिहीबार, १४ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

भारतमा लोकसभा चुनावको सरगर्मी बढेको बढ्यै छ । यस पटक भारतीय जनता पार्टीलाई चुनाव जित्न कठिन रहेको बताइएको छ । प्रदेशको चुनावमा बिजेपीले पाएको नतिजाले पनि भारतमा काँग्रेस पार्टी फर्कनसक्ने सम्भावना बलियो रहेको समिक्षकहरुले बताएका छन् । तर, राहुल गान्धीको भरमा अगाडि बढेको भारतीय काँग्रेस पार्टीलाई पनि अन्य दलको साथ पुर्ण रुपमा नरहेको समिक्षकहरुले बताएका छन् ।
यो चुनाव विशेष रहेको एक कारण लामो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्ने पुर्व जेएनयुका विद्यार्थी कन्हैया कुमारले कडा टक्कर दिने अपेक्षा लिइएको छ । बिहारको बेगुसराय लोकसभा सिटमा यसपटकको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा लिइएको छ । उनी भाजपाका गिरिराज सिंहसँग उनको प्रतिस्पर्धा हुँदैछ । यस चुनावका लागि कन्हैयाले भोट मात्र नभई नोट पनि मागेका छन् । पछिल्लो २८ घण्टामा उनले २८ लाख संकलन गरेको बताइएको छ ।
कन्हैयाले जारी गरेका छन् एउटा भिडियो
कन्हैयाले एक भिडियो जारी गरेका छन् । उनले अनलाइन फण्ड जुटाउन अभियान सुरु गरेका छन् । बिहारमा यसअघि पनि केही नेताहरुले भोटको साथै नोट पनि माग्ने गरेका थिए । यो फर्मुलाले धेरै नेताहरुलाई चुनाव अभियानमा सहज वातावरण पनि बनाएको थियो । प्रसिद्ध समाजवादी मधु लिमये वा जर्ज फर्नाडिस उनलाई नोट र भोट पनि दिने बताएका छन् । सन् २०१४ मा भएको लोकसभा चुनावमा बेगुसराय सीटमा भाजपाका ३९.७२ प्रतिशत भोट मिलेको थियो । जबकी दोस्रो नम्बरमा रही राजदले ३४.३१ प्रतिशत भोट प्राप्त गरेका थिए ।
कन्हैया कुमारको पार्टी सीपीआइका उम्मेदवारलाई भने १७.८७ प्रतिशत भोट मिलेको थियो । मतदाताहरुको कुरा गर्ने हो भने भारतमा करिब पौँने पाँच लाख भुमिहार मतादाता रहेका छन् । भाजपालाई परम्परागत भोट मानिन्छ ।
त्यस्तै उक्त स्थानमा २.५ लाख मुसलमान मतदाता रहेका छन् । गिरिराज र कन्हैया कुमार दुवै भुमिहार हुन् । त्यस्तै रजद मुस्लिम उम्मेदवार तनवीर हसनलाई टिकट दिएको । यहाँ यादव मतदाताको संख्या पनि ठुलो रहेको छ ।
कन्हैयाले गरे समानान्तर अभियान सुरु
कन्हैयाले लोकसभा चुनावका लागि अनलाइनमार्फत ७० लाख फण्ड जुटाउन चुनावी अभियान सुरु गरेका हुन् । उनले यसका साथ साथै समानान्तर अभियान सुरु गरेका हुन् । जब उनले उम्मेदवारीको घोषणा गर्दै भनेका थिए,‘मेरो प्रतिस्पर्धा नरेन्द्र मोदीका उम्मेदवार गिरिरजा सिंहसँग हो । मलाई भोटमात्र नभई आर्थिक सहयोगको सहायता पनि चाहिन्छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'
- 3 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु
- 33 minutes ago

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु
- 36 minutes ago

एजेन्सी । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।