'अष्ट्रेलियामा मलाई नेपाली वकिलले सहयोग गरेनन्'
- शनिबार, ४ फागुन, २०७५
- 4 years ago
- अष्ट्रेलिया

सिड्नी । लक्की शेर्पालाई मानव तस्करको आरोप लगाएका वाङछु शेर्पालाई अष्ट्रेलियामा कुनै नेपाली वकिलले एसाइलमका लागि सहयोग नगरेको मिडिया रिपार्टमा उल्लेख छ ।
क्यानबेरामा रहेको नेपाली राजदुताबासका अनुसार उनलाई पहिलो दिनदेखि नै अष्ट्रेलियन वकिलले सहयोग गर्दै आइरहेका छन् । त्यहाँको स्थानीय अधिकारीहरुले उक्त चाजोपाजो मिलाएका हुन् ।
सन् २०१७ को नोभेम्बर २१ तारिखमा सुरक्षाको कारण देखाउँदै नेपाली राजदुताबास छोड्दै अन्त शरण लिएका थिए । नेपाली भाषी वकिल शमशेर थापा जो सिड्नीमा बस्छन् उनीसँग शेर्पाले एकपटकमात्र भेटेका छन् । उनले डा. थापासँग नेपालमा जेलमा रहेकी श्रीमतीलाई कसरी छुटाउन सकिन्छ भनेर सुझाव लिएको बताइएको छ ।
उनले थापासँग भनेका थिए,‘मेरी श्रीमती निर्दोष छिन् । उनले केही नराम्रो काम गरेकी छैनन् ।’ उनलाई अष्ट्रेलियन अधिकारीहरुले नै व्यवसायिक नेपाली भाषी वकिल जो नेपालको मामिलामा पोख्त छन् उनीहरुसँग प्रक्रियागत काम अगाडि बढाउन सुझाव दिएका थिए । उनीहरुले नेपालको आन्तरिक कुरामा केही गर्न नमिल्ने समेत बताएका थिए । सोही क्रममा उनले डा थापासँग भेट गरेका थिए ।
वाङछु शेर्पाले नेपालमा भाषी अष्ट्रेलियन वकिल कसैलाई पनि आफ्नो प्रक्रियागत कुरा र भिषाबारे आवश्यक सुचनाको पहुँच नरहेको बताएका छन् । उनले कोही पनि नेपाली वकिल आफुलाई सहयोग गर्न तयार नभएको समेत बताएका छन् ।
मानव तस्करको आरोप लागेपछि लक्की शेर्पाले आफ्नो राजदुत पदबाट राजीनामा दिइसकेकी छिन् । उनी नेपाल फर्किए लगत्तै राजीनामा दिएकी हुन् । उनले आफु निर्दोष रहेको र वाङछुले फसाएको बताउँदै आइरहेकी छिन् ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो
- 3 minutes ago

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।
अर्जेन्टिनाको सहज जित
- 17 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
- 26 minutes ago

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।