आजदेखि मौसममा सुधार आउने

Global IME
Norvic Hospital

काठमाडौं । केही दिनदेखि सक्रिय मनसुनी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दा बुधबारदेखि मौसममा सुधार आउने मौसमविद्को पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले मंगलबारदेखि केही कमजोर भएको मनसुन मध्य र पूर्वी भूभागमा केन्द्रित हुँदा ठूलो वर्षा नहुने बताए। वर्षा गराउने मनसुनी न्यूनचापिय रेखा नेपालको तराई क्षेत्र र बिहारको उत्तर प्रदेशतर्फ रहेकाले अझै पनि वर्ष हुने सम्भावना रहे पनि भारी वर्षा बुधबारदेखि रोकिने मौसमविद् रिमालको भनाइ छ। मध्य र पूर्वी क्षेत्रका कतिपय भूभागमा वर्षा हुने रिमालको अनुमान छ।

 

बुधबारबाट देशैभरको मौसममा सुधार आउने छ। ‘मनुसुन सक्रिय भएकाले फाट्टफुट्ट वर्षा हुन सक्छ’, उनले भने, ‘बुधबारदेखि मौसममा सुधार आउँछ।’

 

जेठ २० मा मनसुन नेपाल भित्रिएको हो। त्यसयता असार १७ मा सबै भन्दा धेरै वर्षा भएको महाशाखाले जनाएको छ। दाङ, भैरहवा, दीपायल, नेपालगञ्ज क्षेत्रमा बढी वर्षा भएको थियो। मंगलबार १७ देखि ३० मिलिमिटरसम्म वर्षा भएको थियो। सबै भन्दा धेरै नेपालगन्जमा ३, सिमरा र विराटनगरमा २८ मिलिमिटर पानी परेको थियो।

 

सामान्य वर्षा नरोकिने र साना नदीमा पानीको बहाव बढेकाले नदी किनारामा बस्नेहरूलाई सजग रहन विभागले सतर्क गराएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी शाखाले देशभरका प्रमुख नदीको बहाव बढ्ने जनाएको छ।

 

बाढी पूर्वानुमान शाखाले पूर्वी तराईका जिल्लामा नदीसँग जोडिएका बस्तीका बासिन्दालाई सर्तकता अपनाउन अपिल गरेको छ। आजको अन्नपूर्ण पोस्ट्बाट


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज चैते दशैँ पर्व मनाइँदै

  • 15 minutes ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

  • 1 hour ago
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।